मिति : २०८१ कार्त्तिक ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा फिल्म बन्ने

फिल्मीखबर, काठमाडौं, 2024/11/15

कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेलको कम्पनी हरिओम सिने मेकर्सलाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ फिल्म निर्माणका लागि मञ्जुरी दिएका छन् ।

 

paralko aago

 
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गरिने जनाइएको छ । आगामी फागुनदेखि फिल्मको छायांकनमा सुरु हुनेछ । यसअघि ‘परालको आगो’ कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।  

‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । यो कथाकार मैनालीको सर्वश्रेष्ठ कथा हो । फिल्ममा सुशील देवकोटा लेखन, सुरेन्द्र रानाको शब्द रचना, सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यसमा कलाकारहरु भने निश्चित भइसकेका छैनन् ।

 

paralko aago


निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् । केही महिनाअघि उनले ‘बन्दी’ शीर्षकमा पनि फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । तर, योभन्दा अघि उनले ‘परालको आगो’ बनाउने भएका छन् ।

Most Visited News (monthly)