मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल

एजेन्सी, काठमाडौं, 2024/11/23

IT’S OFFICIAL! 18 साल बाद आ रहा है अक्षय कुमार, गोविंदा और परेश रावल की कॉमेडी ड्रामा भागम भाग का सीक्वल- भागम भाग 2 ; 2025 के मध्य में शुरू होगी शूटिंग

 

बलिउडमा सिक्वेल ट्रेन्ड निकै मौलाएको छ । र, सिक्वेल फिल्मले व्यावसायिक सफलता पनि हासिल गरिरहेका छन् । अब १८ वर्ष पुरानो ‘कल्ट क्लासिक’ फिल्म ‘भागम भाग’को पनि सिक्वेल बन्ने भएको छ । आगामी वर्ष (२०२५)को मध्यबाट छायांकन गर्ने गरी अहिले स्क्रिप्ट लेखनको काम भइरहेको निर्माण कम्पनी रोअरिङ रिवर प्रोडक्सनकी सरिता अश्विन वर्देले जनाएकी छन् ।

‘भागम भाग’ सन् २००६ मा रिलिज भएको थियो । ३२ करोड भारुमा बनेको फिल्मले त्यसबेला ६७ करोड कमाउँदै सुपरहिटको मान्यता पाएको थियो । अक्षय कुमार, गोविन्दा र परेश रावलको मुख्य भूमिका रहेको फिल्ममा उनीहरुको केमेस्ट्री गजब जमेको थियो । यसलाई बलिउडको एउटा यादगार कमेडी फिल्म मानिन्छ । प्रियदर्शनले फिल्मको निर्देशन गरेका थिए ।

हालै रोअरिङले शेमारू इन्टरटेन्मेन्टबाट ‘भागम भाग’को सिक्वेल निर्माणको अधिकार लिएको हो । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्ममा ‘अझ धेरै पागलपन र मनोरञ्जक पक्ष’ हुने निर्मात्री वर्देको दाबी छ । तर, फिल्ममा कलाकार र निर्देशक निश्चित भइसकेका छन् । यद्यपि, शीर्ष भूमिकामा अक्षय, गोविन्दा र परेश नै दोहोरिने सम्भावना रहेको भारतीय मिडियाले जनाएका छन् ।

निर्मात्री सरिताले ‘भागम भाग’ जस्तै खास बनाउनका लागि सिक्वेल निर्माण हुन लामो समय लागेको बताएकी छन् । सिक्वेलले फिल्मको विरासत जोगाउँदै हाँसो, मस्ती र मनोरञ्जनलाई कायम राख्ने उनको भनाई छ । उनले यसअघि ‘बोस’, ‘मुबारका’, ‘कबीर सिंह’, ‘ओएमजी २’ र ‘खेल खेल में’ जस्ता फिल्म निर्माण गरिसकेकी छन् ।