मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब विदेश प्रदर्शन थाल्दै ‘ह्रस्व दीर्घ’, बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वमा

फिल्मीखबर, काठमाडौं, 2024/11/27

May be an image of 6 people and text

 

गत कात्तिक ३० गतेबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । निर्माताको दावीअनुसार फिल्मको कमाई ७ करोडमाथि पुगिसकेको छ । दोस्रो हप्तामा पनि राम्रो अकुपेन्सी हासिल गरिरहेको फिल्मको अब विदेश प्रदर्शन सुरु हुने भएको छ । बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वका देशमा फिल्म प्रदर्शन हुन लागेको हो ।

अष्ट्रेलियाको ७ सहरका २१ वटा हलमा फिल्म रिलिज हुने वितरक कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले जनाएको छ । न्युजिल्याण्डमा पनि बिहीबारदेखि फिल्मलाई प्रदर्शनको तयारी गरिएको छ । त्यस्तै, बिहीबारबाटै मध्यपूर्वका देशहरु यूएई, कतार र बहराइनमा पनि फिल्म प्रदर्शन हुँदैछ । यी तीन देशमा फिल्मले २३ वटा हल पाएको छ ।

फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित भइसकेको जनाएकी थिइन् । भारतमा ओटीटी राइट्स बिक्री गरिसकेको दाबी गर्दै उनले ओभरसिज राइट्स, डिजिटल राइट्स र भारतका हलमा हुने तेलुगु भर्सनको प्रदर्शनसहित आफूले २१ करोड ग्रस देखिसकेको बताएकी थिइन् । यो फिल्म ६ करोडमा निर्माण भएको हो ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा नीतासहित हरिहर अधिकारी, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, किरण केसी, आदर्श मिश्रका साथै साउथबाट ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत र सुनिल वर्माको अभिनय छ । फिल्मले हरिहर र नीताबीचको प्रेममा आउने उतार-चढावको कथालाई पेश गरेको छ ।