मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फ्रेन्डस् सिनेमाज्’को दोस्रो हल बुटवलमा

फिल्मीखबर, काठमाडौं, 2024/11/29

friendsd cinemas Butwal

 

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवलमा धरानको ‘फ्रेन्डस् सिनेमाज्’को दोस्रो हल सञ्चालनमा आएको छ । एउटा मात्र अडिटोरियम रहेको २२२ सिट क्षमताको हलमा शुक्रबारबाट फिल्म प्रदर्शन सुरु गरिएको सञ्चालक आशिष तामाङले जानकारी दिए । यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । पहिला ‘भ्यू सिनेमाज्’ रहेको हललाई ‘फ्रेन्डस् सिनेमाज्’मा बदलिएको हो ।

फिल्म वितरणमा समेत सक्रिय रहेका आशिषसहित प्रदीप धामी र पुष्कर घिमिरे हलको सञ्चालकमा छन् । ‘फ्रेन्डस् सिनेमाज्’को ब्रान्ड विस्तार गर्ने क्रममा बुटवलमा दोस्रो हल सञ्चालनमा ल्याइएको सञ्चालक घिमिरेले बताए । नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि जडान तथा विविध सेवा-सुविधा र सहुलियतसहित हललाई नयाँ रुप दिइएको उनको भनाई छ ।

हल सञ्चालनको अवसरमा अबको एक साताभरि फिल्मको टिकट दर १५० रुपैयाँ तोकिएको छ । यो हलमा दैनिक ६ शोसम्म चलाउन सकिने जनाइएको छ । अहिले हलमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘ह्रस्व दीर्घ’, ‘अग्निदहन’ र ‘तेल भिसा’ प्रदर्शन भइरहेका छन् । बुटवलमा मिलन चलचित्र हल, द्वारिका उदय सिनेमा, आईएनआई सिनेमाज् र क्यूएफएक्स सिनेमाज् पनि सञ्चालनमा छन् ।

हल सञ्चालनका साथै ‘फ्रेन्डस् सिनेमाज्’को सञ्चालक समूहले कुवेर सिने डिस्ट्रिब्यूसनमार्फत ‘फर्की फर्की’, ‘खुस्मा’, ‘१२ गाउँ’ जस्ता सफल फिल्म वितरण गरिसकेको छ भने अब ‘ऊनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउँदैछ । विशेषगरी यो कम्पनीले मोफसलमा फिल्म वितरण गर्दै आइरहेको छ ।