मिति : २०८१ मंसिर २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’ टिजर : गरिबी र अभावको कथा

फिल्मीखबर, काठमाडौं, 2024/12/04

Dayahang Rai, Srijana Ningleku, Jitu Nepal, Deeya Maskey

 

आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक २ मिनेट २५ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । गरिबी र अभावले पिल्सिएको झाँक्रीको परिवारले जीवन चलाउन गरेको संघर्षलाई टिजरमा देखाइएको छ । अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा प्रस्तुत छन् ।

दयाहाङको पात्र छोराको बिहेका लागि पैसा जुटाउन लागिपरेको छ । तर, गरिबीका कारण आफन्तले पनि ऋण पत्याउँदैनन् । जसले गर्दा ऊ श्रीमतीको गरगहना र गाईवस्तु नै बेच्नुपर्ने अवस्थामा पुग्छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका जितु नेपाल र दीया मास्केको सन्तान नहुँदा उत्पन्न कलहलाई पनि टिजरमा रोचक ढंगले देखाइएको छ ।

‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशकीय फिल्म हो । र, पहिलो फिल्ममै उनले आफ्नो समुदायको कथा उठाएका छन् । यसमा उनी स्वयंको लेखन छ । फिल्ममा दयाहाङको श्रीमतीको भूमिका सिर्जना निङलेखुले निभाएकी छन् । बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा लगायतको पनि फिल्ममा अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ भने उनी स्वयं निर्मातामा छन् । त्यस्तै, सह-निर्मातामा गोविन्द बोहरा तथा कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् । भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ । अन्तर्राष्ट्रिय वितरण अधिकार भने हुल्या इभेन्टसले लिएको छ ।