मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुष्पा २’ले शो खोसेपछि ‘सारङ्गी’लाई हलबाट उतार्ने निर्माताको घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/12/07

पूर्णबहादुरको सारङ्गी'को ट्रेलरमा देखियो सुन्दर फिल्मको सङ्केत


बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपालको बक्स अफिसमा समेत सुनामी ल्याएको छ । पहिलो दिन नै आक्रामक व्यापार गरेको फिल्मको शनिबार देशभर टिकटको हाहाकार देखिएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै हलहरुले भएभरको शो उपलब्ध गराएका छन् । जसले गर्दा प्रदर्शनरत नेपाली फिल्म न्यून शोमा खुम्चिएका छन् ।

‘ह्रस्व दीर्घ’लाई त हलहरुले बिहीबारबाटै उतारिसकेका छन् । ‘तेल भिसा’ भने दुई/चारवटा शो लिएर टिकिरहेको छ । ‘पुष्पा २’का कारण सबैभन्दा ठूलो मार ‘पूर्णबहादुरको सारङ्गी’लाई परेको देखिन्छ । फिल्मको अकुपेन्सी राम्रो हुँदाहुँदै पनि हलहरुले ठूलो मात्रामा शो कटौती गरेका छन् । जसको विद्रोह गर्दै निर्माताले हलबाट फिल्म नै उतार्ने घोषणा गरेका छन् ।

शनिबार निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै आगामी सोमबार अर्थात् मंसिर २४ गतेदेखि फिल्मको प्रदर्शन स्थगन गरिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठीक त्यही अवस्थामा आइपुगेका छौं । ‘पूर्णबहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौं ।’

 

purna bahadur ko sarangi


फिल्मलाई केही हलहरुले नजरअन्दाजको व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले अब अर्को फिल्ममार्फत् हलमा भेट्ने वाचा गरेको छ । आइतबारसम्म फिल्मले करिब ४८ करोड कमाउन सक्ने अनुमान छ । ‘पुष्पा २’ नआएको भए फिल्मले ५० करोडको ‘माइलस्टोन’ हासिल गर्ने निश्चित थियो । यद्यपि, ‘सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचिसकेको छ ।

Most Visited News (monthly)