मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ बन्ने, अष्ट्रेलियामा छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/12/08

PR Film

 

कुनै समयका सफल निर्देशक शोभित बस्नेतले ३ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । आइतबार उनको निर्देशनमा बन्न लागेको ३२औं फिल्म ‘पीआर’को निर्माण घोषणा गरियो । उनले पछिल्लो पटक ‘डाँडाको वरपीपल’ निर्देशन गरेका थिए, जुन २०७८ सालमा प्रदर्शन भएको थियो ।

‘पीआर’को निर्माण घोषणासँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा तयार पारिएको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ, जसले फिल्मको कथासार बुझाउँछ । पोस्टरमा एक व्यक्ति हातमा सुटकेस लिएर उभिएका छन् भने आकाशमा प्लेन देखिन्छ । पृष्ठभूमिमा अष्ट्रेलियाको ओपेरा हाउस र नेपालको मन्दिर पनि चित्रित छन् ।

फिल्मको नाममा भने नेपाल र अष्ट्रेलियाको झण्डा इंकित छ । फिल्मले अष्ट्रेलियाको पीआर पाउन नेपाली युवाले गरेको संघर्षको कथालाई प्रस्तुत गर्ने पोस्टरबाट प्रष्ट हुन्छ । पछिल्लो समय अस्ट्रेलियामा पीआर लिने नेपालीको संख्या निकै बढेको छ । फिल्मले यही विषयलाई उठाउन खोजेको देखिन्छ । फिल्मको तयारीका लागि यतिबेला निर्देशक बस्नेत अष्ट्रेलियामा छन् ।

आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । अहिले फिल्मका लागि अष्ट्रेलियामा अडिसन भइरहेको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा तथा गणेश बुढाथोकीको पटकथा र संवाद रहनेछ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष (२०२५)बाट हामी सुटिङमा जानेछौं’, उनले भने ।