मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म

फिल्मीखबर, काठमाडौं, 2024/12/08

The wait gets longer as Allu Arjun-starrer 'Pushpa 2' to now release on Dec  6 - The Statesman

 

बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’मा एउटा संवाद छ, ‘फायर होइन, वाईल्ड फायर’ । यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ । ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइमा बुलन्द देखियो । फिल्मले तीन दिनमा हिन्दी भर्सनमा मात्र २०५ करोड नेट कमाएको छ ।

७२ करोडको कीर्तिमानी ओपनिङ हासिल गरेको फिल्मले शुक्रबार ५९ करोड र शनिबार ७४ करोड जोडेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । योसँगै ‘पुष्पा २’ तीन दिनमा सर्वाधिक कमाइ गर्ने र दुई अलग दिनमा ७० करोडमाथि व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ । यसलाई तरणले नयाँ बेन्चमार्क भनेका छन् । र, फिल्मको व्यापारलाई सुनामीको संज्ञा दिएका छन् ।

यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो । यसले ६५ करोड ५० लाखको ओपनिङ गरेको थियो भने तीन दिनमा १ सय ८० करोड छापेको थियो । अब ‘जवान’को नाममा रहेको दुईवटै रेकर्ड तोडिएको छ । ‘पुष्पा २’को व्यापारिक गति हेर्दा यसले सर्वाधिक कमाउने भारतीय फिल्मको कीर्तिमान समेत बनाउन सक्ने देखिन्छ ।

ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार तीन दिनमा फिल्मले विश्वभरबाट ५८८ करोड नेट कमाएको छ । विदेशमा मात्र तीन दिनमा फिल्मको कमाइ १२५ करोड छ भने हिन्दीसहित अन्य भाषामा फिल्मले तीन दिनमा भारतभरि ३८७ करोडमाथिको नेट व्यापार गरेको छ । फिल्मले भारतमा ७ सय करोड नघाउन सक्ने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी १५ सय करोड पुग्ने अनुमान छ ।

सुकुमारले लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ । रक्तचन्दन काठको तस्करीमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्रको वरिपरि फिल्मको कथा केन्द्रित छ । ५ सय करोड भारुमा बनेको फिल्मले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको थियो ।