मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’बाट निर्देशनमा सुदीपको कमब्याक, मुख्य भूमिकामा आशीर्वाद

फिल्मीखबर, काठमाडौं, 2024/12/10

shree bukuro

 

निर्देशक सुदीप भुपाल सिंहले फिल्म ‘श्री बुकुरो’बाट ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका छन् । मंगलबार स्केच पोस्टरमार्फत् उनले आफ्नो कमब्याक फिल्मबारे जानकारी गराए । यो उनको तेस्रो निर्देशकीय फिल्म हो । पछिल्लो पटक सन् २०१७ मा रिलिज भएको ‘रुद्रप्रिया’ निर्देशन गरेका उनले त्यसअघि हरर जनरामा ‘माला’ बनाएका थिए ।

छायांकन पूरा भइसकेको ‘श्री बुकुरो’मा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला लगायतको अभिनय छ । स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ । ग्रामीण परिवेशको कथामा फिल्म बनेको पोस्टरले बुझाउँछ ।

बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । ‘द होम कलिङ’ उपशीर्षक राखिएको फिल्मले एउटा घरलाई केन्द्रमा राखेर कथा भनेको बुझ्न सकिन्छ । निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको फिल्मलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको फिल्मको यसै साता टिजरमार्फत् प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ ।

मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् । निर्देशक सिंहले फिल्म पारिवारिक कथामा बनेको जानकारी दिए ।

Most Visited News (monthly)