मिति : २०८१ मंसिर ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारङ्गी’को सफलतापछि अब नाटक गर्दै विजय

फिल्मीखबर, काठमाडौं, 2024/12/15

bijay baral

 

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को अनपेक्षित व्यावसायिक सफलतापछि यसका मुख्य पात्र पूर्णे अर्थात् विजय बराल अहिलेका उच्च ‘डिमान्ड’ भएका अभिनेता बनेका छन् । गएको २ महिनामा मात्र उनलाई एक दर्जन फिल्मको प्रस्ताव पुगिसकेको जनाइएको छ । तर, उनले तत्काल कुनै पनि फिल्म सम्झौता गरेका छैनन् । उनले पारिश्रमिक पनि झन्डै १० गुणा वृद्धि गरेको व्यापक चर्चा छ ।

अब केही महिना फिल्मबाट विश्राम लिने सोचमा रहेका विजयले यो बीचमा ‘हरि हजुरबा’ नामक नाटकमा अभिनय गर्ने भएका छन् । केही दिनयता उनी यही नाटकको रिहर्सलमा व्यस्त छन् । आगामी पुष ४ गते (बिहीबार)बाट थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटकमा विजय हजुरबाको भूमिकामा देखिने जानकारी प्राप्त छ ।
 
अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकमा उनी स्वयंको पनि अभिनय रहनेछ । रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउत पनि कलाकारको रूपमा छन् । यसका निर्माता भने दयाहाङ राई र बुद्धि तामाङ हुन् । आगामी पुष २८ गतेसम्म नाटक मञ्चन हुनेछ ।

नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । गाउँगाउँमा चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको कथामा नाटक आधारित छ । कविताबाट उत्प्रेरित रहेको कथालाई नाटकको संरचनामा प्रस्तुत गर्न लागिएको निर्देशक हुसेनले बताए । उनले यसअघि ‘कुरूप हाँस’ नाटक निर्देशन गरेका थिए ।

Most Visited News (monthly)