मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सोल्टिनी’मा को-को कलाकार जोडिए ?

फिल्मीखबर, काठमाडौं, 2024/12/17

Soltini Lineup Full

 

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनेको छ । केही दिनअघि अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू मुख्य भूमिकामा रहने जानकारी गराउँदै फिल्मको घोषणा गरिएको थियो । त्यसपछि कलाकार विल्सन विक्रम राई भित्रिए । अब थप नाम चलेका कलाकारहरु फिल्ममा जोडिएका छन् ।

प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, रवीन्द्र झा, सुन्दर धिताल र सुजन खतिवडाको पनि फिल्ममा अभिनय रहने निर्देशक निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । साथै, यो फिल्मबाट सब्बु गुरुङले अभिनयमा डेब्यु गर्ने भएकी छन् । अडिसनमार्फत छनोट भएकी उनी रंगमञ्च पृष्ठभूमिकी हुन् । उनले ‘हरियो ढुंगा’, ‘अर्को अर्थ नलागेमा’ जस्ता नाटकहरुमा काम गरिसकेकी छन् ।

आगामी पुष १५ गतेबाट छायांकन सुरु हुन लागेको ‘सोल्टिनी’मा प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । उनीहरुको प्रेम सम्बन्धमा आउने आरोह-अवरोधको कथामा फिल्म केन्द्रित हुनेछ । निर्देशक सुवेदीका अनुसार फिल्मले जातीय भेदभावविरुद्ध आवाज उठाउने र दुई पात्रको अपुरो प्रेमकथा भन्नेछ ।

फिल्ममा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मको निर्माताहरुमा रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । भोजपुरको एक गाउँमा छायांकन हुने फिल्मलाई २०८२ सालको असोज ३ गते संविधान दिवसमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।