आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा फिल्म ‘चिट्ठा’ बन्ने भएको छ । यही पुष दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेता धीरेन शाक्य मुख्य भूमिकामा देखिने भएका छन् । उनीसहित भोलाराज सापकोटा, अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि फिल्ममा अभिनय रहनेछ ।
फिल्मका लागि अझै एक अभिनेता र एक अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक मोक्तानले बताए । लंका फिल्मको व्यानरमा निर्माण हुने लागेको फिल्म कमेडी कथावस्तुमा बन्ने जनाइएको छ । रेल्लु माया तामाङ प्रस्तुतकर्ताको रुपमा रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ ।
मियम मोक्तान सह-निर्माता रहेको फिल्मलाई रंग पत्रकार सञ्चु थोकर लामाले छायांकन गर्नेछन् । एक दर्जन बढी म्यूजिक भिडियो खिचिसकेका उनले यसअघि निर्देशक मोक्तानकै फिल्म ‘ब्ल्याक छायाँ’को पनि छायांकन गरेका थिए । ‘चिट्ठा’मा शंकर महर्जनको द्वन्द्व निर्देशन, निर्देशक आरएल लामा मोक्तानको शब्द तथा संगीत, युवराज कँडेल र अनु चौधरीको गायन रहनेछ ।