मिति : २०८१ पौष ५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाल विवाहविरुद्धको फिल्म ‘जुना’ माघ २५ मा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2024/12/19

juna movie

 

बाल विवाह तथा महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्म ‘जुना’ आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौं र मोफसलका लागि वितरकको टुंगो लगाउँदै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । अब माघ २५ गते ‘जुना’को बक्स अफिसमा अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘ममी’सँग भिडन्त हुनेछ ।

जीवन सेञ्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द लगायतको अभिनय छ । फिल्मको विभिन्न सहरमा दर्जनौं च्यारिटी शो भइसकेको छ । केही शोमा दर्शकहरु रोएर बेहोस समेत भएका थिए । यसैले फिल्म विशेष बनेको हुनसक्ने देखिन्छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टरको व्यानरमा निर्माण भएको फिल्ममा दीपकप्रसाद घिमिरेको एकल लगानी छ । यसमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।

निर्देशक सेञ्चुरीले फिल्मले बाल विवाह अन्त्य गर्नुपर्ने नारा लिएको बताए । उनले भने, ‘यो एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा सदीयौंदेखि व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्न फिल्मले भूमिका खेल्ने विश्वास लिएका छौं ।’ फिल्म उत्कृष्ट बनेको उनको दाबी छ ।

Most Visited News (monthly)