मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाश सपूतले सकाए ‘वसन्त’को छायांकन, चैत्र २२ मा हुनेछ रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/12/19

Basanta-Team.jpeg

 

गायन हुँदै अभिनयमा होमिएका प्रकाश सपूतले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन सकाएका छन् । बुधबार काठमाडौंको ठमेलमा अन्तिम दृश्य खिच्दै फिल्म प्याकअप भएको हो । काठमाडौंसहित बाग्लुङ, वीरगञ्ज, हेटौंडा र पथलैयामा ३८ दिन फिल्मको छायांकन भएको जनाइएको छ । फिल्मको धेरैजसो छायांकन प्रकाशकै गृहजिल्ला बाग्लुङ क्षेत्रमा भएको छ ।

आगामी चैत्र २२ गते अर्थात् चैते दशैंलाई ‘वसन्त’को प्रदर्शन मिति घोषणा भइसकेको छ । फिल्ममा निर्देशक सपूत स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी भएर अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत छिन् । यसअघि उनीहरुले दुई गीत ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’मा सहकार्य गरेका थिए । उनीहरुबीचको अन्तरजातीय प्रेमकथामा फिल्म आधारित छ ।

यसमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्माताको रुपमा छन् ।

गत बैशाखमा फिल्मको घोषणा गर्दा सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको थियो । जात व्यवस्थाले पिल्सिएको एउटा तप्काको कथा फिल्मले भन्नेछ । यसमा प्रकाश कथित तल्लो जातको युवकको भूमिकामा छन् भने स्वस्तिमाले कथित उच्च जातकी युवतीको भूमिका निभाएकी छन् । फिल्मले जात व्यवस्थामाथि प्रश्न गर्दै दुई पात्रको प्रेमकथा प्रस्तुत गर्नेछ ।