मिति : २०८१ पौष ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोन अब्राहमले किन लेखे नेपालका पर्यटनमन्त्रीलाई पत्र ?

फिल्मीखबर, काठमाडौं, 2024/12/21

john abraham

 

बलिउड अभिनेता जोन अब्राहमले नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई चितवनको सौराहामा आयोजना हुँदै आइरहेको हात्ती महोत्सव खारेज गर्न आग्रह गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहितको पत्र पठाउँदै महोत्सवमा हात्तीको प्रयोग हुने भएकाले त्यो रोक्न अनुरोध गरेका हुन् । पत्रमा उनले महोत्सवको नाममा हात्तीहरूमाथि दुर्व्यवहार हुने गरेको जनाएका छन् ।

पत्रमा भनिएको छ, ‘केही मानिसहरू यसलाई परम्परा र आकर्षण ठान्दछन् । तर, म यसमा सामेल हुने हात्तीमा पर्ने प्रभावबारे आफ्नो चिन्ताको सम्मानपूर्वक साझा गर्न चाहन्छु । यी बौद्धिक, संवेदनशील जनावरहरूले यी खेलहरूमा ठूलो शारीरिक र भावनात्मक तनाव सहन्छन् । पर्दा पछाडि, तिनीहरू प्रायः कठोर प्रशिक्षण विधिहरू र कठोर परिस्थितिहरूको अधीनमा हुन्छन्, जुन कुनै पनि जीवित प्राणीले सहन नपरोस् ।’

जोनले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता आफूले देखेको उल्लेख गर्दै उनीहरु शक्ति, अनुग्रह र बुद्धिको प्रतीक रहेको जनाएका छन् । उनले अगाडि लेखेका छन्, ‘तिनीहरू धेरै तरिकामा राष्ट्रिय खजाना हुन् । र, नेपालसँग यी भव्य जनावरहरूलाई कसरी सम्मान र संरक्षण गर्ने भनेर संसारलाई देखाउने बाटोको नेतृत्व गर्ने अवसर छ ।’

अभिनेता अब्राहमले पत्रमा हात्ती पोलो र फुटबलजस्ता कार्यक्रमहरूलाई नैतिक वन्यजन्तु पर्यटन पहलहरूसँग प्रतिस्थापन गर्दा त्यसले वन्यजन्तुको सम्मान र संरक्षण सुनिश्चित गर्दै विश्वमा नेपालको ख्याति बढाउने उल्लेख गरेका छन् । ‘हात्तीको खेललाई खारेज गर्न म विनम्र आग्रह गर्दछु,’ उनी लेख्छन्, ‘नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ, र म विश्वस्त छु कि यसको उज्यालो भविष्य त्यहाँका जनता, वन्यजन्तु र अतुलनीय प्राकृतिक सौन्दर्यको सम्मान गर्ने निर्णयहरूले आकार दिनेछ ।’

 

John Abraham


पत्रमा जोनले नेपालको संस्कृतिक पक्ष र प्राकृतिक सुन्दरताको पनि प्रशंसा गरेका छन् । ‘जब म तपाईंको सुन्दर देश देख्छु, मलाई यसको समृद्ध संस्कृति, लोभ्याउने परिदृश्यहरू, र त्यहाँका मानिसहरूको न्यानो र आतिथ्यताको याद आउँछ । नेपाल एउटा राष्ट्र हो, जसको म गहिरो प्रशंसा गर्छु,’ उनले पत्रमा भनेका छन् ।

जोन पशुप्रेमीको रुपमा चिनिन्छन् । उनी पशु उद्धार संस्थाहरुमा समेत आबद्ध छन् । २०१४ मा उनले सडकको एउटा कुकुरलाई अपनाएका थिए । त्यो कुकुरको नाम उनले बेली राखेका छन् । नेपालमा समेत राम्रो फ्यान फलोइंग भएका जोनको ‘पठान’ पछिल्लो ब्लकबस्टर फिल्म हो । उनले ‘धूम’, ‘हाउसफुल २’, ‘गरम मसला’ जस्ता तीन दर्जन बढी फिल्ममा काम गरिसकेका छन् ।

Most Visited News (monthly)