मिति : २०८१ पौष ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घोषणामै सीमित भएको आँचलको ‘राजमहल’

फिल्मीखबर, काठमाडौं, 2024/12/25

aanchal sharma

 

नेपाली फिल्मका लागि पाँचतारे होटल त्यति फापेको देखिँदैन । महंगो र आलिसान मानिने यस्ता होटलमा घोषणा भएका धेरैजसो फिल्म बन्न सकेका छैनन् । यसैले अचेल कुनै फिल्मको पाँचतारे होटलमा घोषणा भयो भने निर्माण हुनेमै आशंका उब्जिन थाल्छ । ‘घुइँचो’, ‘दीपेन्द्र सरकार’, ‘रानी महल’, ‘सिड्नी’ जस्ता थुप्रै फिल्म पाँचतारे होटलमा तामझामसँग घोषणा भएर पनि बन्न सकेनन् ।

गत वर्षको पुषमा दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा घोषणा फिल्म ‘राजमहल’ पनि निर्माण हुन सकेको छैन । सोही वर्षको माघ महिनाबाट अष्ट्रेलिया, न्यूजिल्याण्ड र नेपालमा फिल्मको छायांकन हुने जनाइएको थियो । तर, घोषणा भएको एक वर्ष वितिसक्दा पनि फिल्म बन्ने कुनै छाँटकाँट देखिएको छैन । स्रोतका अनुसार अब यो फिल्म बन्ने सम्भावना न्यून छ ।

सविनकुमार तोलाङ्गीले निर्देशन गर्ने भनिएको फिल्ममा आँचल शर्मा, रमेश उपेती, सरोज खनाल, सलोन बस्नेत, पवित्रा साकी (मिस पवि) लगायतका कलाकारहरु अनुबन्धित छन् । फिल्मको घोषणादेखि कलाकार सम्झौता प्रक्रियासम्म ५० लाख बढी खर्च भएको देखिन्छ । तर, फिल्म नै निर्माण हुन नसक्दा त्यो रकम बालुवामा पानी खन्याएसरह भएको छ ।

पाँचतारे होटलमा घोषणा भएका एकपछि अर्को फिल्म निर्माण हुन नसक्नु आफैंमा आश्चर्यपूर्ण छ । यसैले अचेल यस्ता होटलहरुमा फिल्म घोषणा गर्न निर्माताहरु हच्किएका छन् । बरु सामाजिक सञ्जालबाट फिल्मको घोषणा गर्ने ट्रेन्ड बढेको छ । त्यस्ता फिल्मले बक्स अफिसमा पैसा पनि राम्रो छापिरहेका छन् । तर, पाँचतारे होटल भने नेपाली फिल्मका लागि ‘अनलक्की’ नै बनेको छ ।

Most Visited News (monthly)