मिति : २०८१ पौष ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’को टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2024/12/25

Shree Bukuro

 

सुदीप भुपाल सिंहले करिब सात वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत् सार्वजनिक ४२ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे केही संकेत गर्छ । टिजरमा अभिनेता आशीर्वाद क्षेत्री र चरित्र अभिनेत्री लक्ष्मी गिरी बाइकमा गाउँ फर्किरहेका छन् । लक्ष्मी निराश मुद्रामा देखिएकी छन् ।

दृश्यसँगै टिजरको पृष्ठभूमिमा लक्ष्मीले वाचन गरेको कविताको अंश सुन्न सकिन्छ, जहाँ भनिएको छ- ‘घर जाने बाटो मलाई टाढा नलागोस्, हरेक चोट पाइला बनोस्, प्राणमा काँडा नलागोस् ।’ यसले घर फर्किन अधैर्य लक्ष्मीको भाव बुझाउँछ । उनको छोराको भूमिकामा आशीर्वाद रहेको अनुमान गर्न सकिन्छ । टिजरले फिल्मको दृश्यभाषा सशक्त रहेको छनक दिन्छ ।

फिल्म रेञ्जको पहिलो प्रस्तुति रहेको फिल्ममा आशीर्वाद र लक्ष्मीसहित निकिता आचार्य, राजन इशान, प्रतिकराज आचार्य, रोशनी कार्की, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

‘श्री बुकुरो’मा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ । फिल्मको प्रदर्शन मिति केही दिनभित्रमा घोषणा गर्ने तयारी भइरहेको निर्देशक सिंहले बताए ।

 

Most Visited News (monthly)