मिति : २०८१ पौष १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरुणको ‘बेबी जोन’माथि ‘पुष्पा २’ नै भारी

एजेन्सी, काठमाडौं, 2024/12/26

baby john

 

यतिबेला भारतका हलमा साउथ फिल्म ‘पुष्पा २’को हालीमुहाली छ । प्रदर्शनको चौथो सातामा आइपुग्दा समेत फिल्मको व्यापार अझै थामिने छाँटकाँट देखिएको छैन । बलिउडको नाममा रहेको एकपछि अर्को रेकर्ड तोडिरहेको फिल्मले क्रिसमसको दिन पारेर बुधबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता वरुण धवनको फिल्म ‘बेबी जोन’लाई समेत हलमा टिक्न मुश्किल पारेको छ ।

‘पुष्पा २’का कारण ‘बेबी जोन’को ओपनिङ नै प्रभावित बन्यो । करिब तीन हजार स्क्रिनमा रिलिज भएको फिल्मले २० करोडमाथि ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ‘पुष्पा २’ले तेस्रो हप्ताको बुधबार गरेको कमाइ जति पनि फिल्मको ओपनिङ हुन सकेन । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ११ करोड २५ लाखको ओपनिङ गरेको छ । जबकि, ‘पुष्पा २’ले हिन्दी भर्सनमा मात्र बुधबार १५ करोड ५० लाख छापेको छ ।

‘बेबी जोन’ले अपेक्षित ओपनिङ गर्न नसकेको भए पनि यो वरुणको कोभिडपछिकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । कोभिडपछि आएका उनका दुईवटा फिल्म ‘जुगजुग जियो’ र ‘भेडिया’ले १० करोडको ओपनिङ गरेका थिए । ‘बेबी जोन’ले ११ करोडको ओपनिङ गर्नुमा बलिउड सुपरस्टार सलमान खानको केमियोको ठूलो योगदान रहेको भारतीय मिडियाहरुको दाबी छ ।

‘बेबी जोन’को ट्रेलर आएपछि दर्शकमा फिल्मप्रति अपेक्षा बढेको थियो । तर, फिल्मले प्रतिक्रिया नै कमजोर पाएको छ । वरुणका ‘हार्डकोर’ फ्यानबाहेक प्रायःले यसलाई साउथ फिल्म ‘थेरी’को सस्तो कपी भनेका छन् । फिल्मलाई समीक्षा पनि राम्रो मिलेको छैन । जसले गर्दा आगामी दिनमा फिल्मको व्यापार खस्किने निश्चित प्रायः छ । र, यसको फाइदा ‘पुष्पा २’लाई नै हुनेछ ।

‘बेबी जोन’को बजेट भारु १८० करोड हो । यसले लगानी उठाउन मात्र भारतीय बजारबाट कम्तिमा ३ सय करोड कमाउनु पर्नेछ । फिल्मले हासिल गरेको ओपनिङ हेर्दा यो सम्भव देखिँदैन । यद्यपि, पाँच दिनको विकेन्ड मिलेकाले फिल्मले सय करोडको आँकडा भने नघाउन सक्ने प्रक्षेपण गरिएको छ । ‘जवान’ फेम्ड निर्देशक एटलीको निर्माण रहेको फिल्मलाई कलीसले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)