मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र गरिमाको जोडी बाँधिने ‘जन्ते बाख्रो’को मुहूर्त

फिल्मीखबर, काठमाडौं, 2024/12/27

saugat malla and garima sharma

 

सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरियो । फिल्ममा जोडीको रुपमा देखिन लागेका अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो उनीहरुको पहिलो सहकार्य हो । फिल्मको छायांकन यही पुष २० गतेबाट सुरु हुनेछ ।

कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय रहनेछ । केही दिनदेखि फिल्मको वर्कसप चलिरहेको छ । यसमा प्रदीप भारद्वाजको लेखन छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘जन्ते बाख्रो’को निर्मातामा सन्तोष गौतम छन् । फिल्मलाई हरि हुँमागाईंले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । नेपाली समाजमा बेहुली भित्राउने दिन जन्तीलाई टपरीमा खुवाउने मांसहारी भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । दुर्गम पहाडी क्षेत्रमा यो प्रचलन अझै पनि छ । फिल्मको कथावस्तु यसैमा आधारित रहने शीर्षकबाट बुझ्न सकिन्छ ।