मिति : २०८१ चैत्र ३०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिकन्दर’ टिजरमा एक्सन अवतारमा देखिए सलमान

एजेन्सी, काठमाडौं, 2024/12/28

Sikandar teaser: Salman Khan gears up for high-octane action on Eid 2025 -  India Today

 

बलिउड सुपरस्टार सलमान खान एक वर्षपछि फिल्म ‘सिकन्दर’मार्फत् पर्दामा देखिँदैछन् । शुक्रबार उनको ५९औं जन्मदिनमा फिल्मको टिजर रिलिजको तयारी गरिएको थियो । तर, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण पोस्टपोन्ड भएको टिजर शनिबार सार्वजनिक गरिएको छ । १ मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

टिजरमा सलमान एउटा अँध्यारो कोठाभित्र छिरेपछि मूर्तिजसरी उभिएका केही मुकुन्डोधारी व्यक्तिहरु बन्दुक तेर्साउँदै उनीमाथि आक्रमण गर्न खोज्छन् । त्यहीबेला सलमानको भ्वाइस ओभर आउँछ, ‘धेरै मानिसहरू मेरो पछि लागेका छन् भन्ने सुनेको छु । मात्र म फर्किन बाँकी छ ।’ त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । टिजरमा ब्याकग्राउन्ड स्कोर सशक्त देखिन्छ ।

बलिउडको पहिलो सय करोड कमाउने फिल्मको कीर्तिमान बनाएको ‘गजनी’का निर्देशक ए.आर. मुर्गदासले ‘सिकन्दर’को लेखन तथा निर्देशन गरेका हुन् । यसमा सलमानको जोडी अभिनेत्री रश्मिका मन्दानासँग बाँधिएको छ । तर, टिजरमा भने उनी अटेकी छैनन् । सलमान र रश्मिकाको केमेस्ट्रीलाई मेकरले सरप्राइज नै राख्न खोजेको देखिन्छ ।

सन् २०२५ को इदमा रिलिज हुन लागेको ‘सिकन्दर’मा सलमान र रश्मिकासहित सुनील शेट्टी, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी, प्रतीक बब्बर लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । साजिद र सलमानबीच १० वर्षपछि सहकार्य भएको हो । यसअघि सलमानलाई लिएर साजिदले सन् २०१४ मा ‘किक’बाट निर्देशनमा डेब्यु गरेका थिए ।