मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेबी जोन’को असफलताले बलिउडलाई दिएको सन्देशः ‘अब रिमेक चल्दैन’

एजेन्सी, काठमाडौं, 2024/12/31

Baby John: Varun Dhawan Starrer Is A Remake Of Vijay's Theri, Know Where To  Watch OG Hit Film On OTT | Republic World

 

कोरोना महामारीभन्दा अघिसम्म बलिउडमा रिमेक फिल्म अनगिन्ती बने । केही जोडदार रुपमा सफल पनि भए । धेरैजसो रिमेक फिल्म साउथबाट राइट्स लिएर बनेका थिए । ‘तेरे नाम’, ‘गजनी’, ‘कबीर सिंह’ यसका उदाहरण हुन् । त्योबेला साउथको रिमेक बनाए हिट निश्चित मानिन्थ्यो । तर, कोभिडपछि बनेका साउथका रिमेक फिल्महरु एकपछि अर्को बक्स अफिसमा पिटिएका छन् ।

गत वर्ष (२०२३) साउथ सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘अला वैकुण्ठपुररामुलु’को हिन्दी रिमेक ‘शहजादा’ डिजास्टर बन्न पुग्यो । ६५ करोडमा बनेको फिल्मले मुस्किलले ४० करोड कमायो । २०२४ को जुनमा आएको तमिल फिल्म ‘सोरारई पोटरु’को बलिउड रिमेक ‘सरफिरा’ पनि नराम्रोसित डुब्यो । ८० करोडमा बनेको यो फिल्मले मात्र ३० करोड कमाइ गर्‍यो ।

यतिबेला अर्को साउथ फिल्मको हिन्दी रिमेक पनि डुब्न पुगेको छ । त्यो हो, ‘बेबी जोन’ । यो फिल्म वर्ष २०१६ मा प्रदर्शन भएको तमिल फिल्म ‘थेरी’को रिमेक हो । ‘थेरी’कै निर्देशक एटलीले निर्माण गरेको फिल्ममा वरुण धवन शीर्ष भूमिकामा छन् । फिल्मलाई सफल बनाउन केमियोमा सलमान खानलाई समेत राखियो । यसका बाबजुद पनि यो फिल्म बक्स अफिसमा टाँट पल्टिएको छ ।

१८० करोड भारुमा निर्माण भएको फिल्मले प्रदर्शनको ६ दिनमा मुस्किलले ३० करोड कमाएको छ । छैटौँ दिन सोमबार २ करोड पनि जोड्न सकेन । फिल्मको व्यापार ६ दिनमै ६० प्रतिशतले घटिसकेको भारतीय मिडियाले जनाएका छन् । यसरी हेर्दा फिल्मले ५० करोड पनि जोड्न नसक्ने देखिन्छ । यसले फिल्मका निर्मातालाई स्तब्ध तुल्याएको छ ।

‘बेबी जोन’को असफलताले बलिउडलाई एउटा स्पष्ट सन्देश दिएको छ, ‘अब रिमेक फिल्म चल्दैन ।’ र, हिन्दी भाषामा स्वरांकन (डबिङ) भएर ओटीटी, युट्युब जस्ता प्लेटफर्महरुमा रिलिज भइसकेका फिल्मको रिमेक बनाउनु आफ्नै खुट्टा बञ्चरो हान्नुसरह हुने सन्देश पनि ‘बेबी जोन’ले दिएको छ । अब पनि रिमेक फिल्ममा जोड दिएको खण्डमा बलिउड नै संकटग्रस्त बन्न सक्ने देखिन्छ ।