मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्राइम-थ्रिलर फिल्म ‘११:५५’ चैत्र ८ मा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2024/12/31

1155 movie

 

आगामी चैत महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । आधा दर्जन बढी फिल्म यही महिनामा रिलिज हुने देखिन्छ । यसैबीच, चैत ८ गतेबाट क्राइम-थ्रिलर फिल्म ‘११:५५’ प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराइयो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकारहरु महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनाललाई बन्दुकको आकृतिमा राखिएको छ । सबैको अनुहारमा रगत र चोटको निशान छ । कोही भयभीत त कोही क्रोधित भावमा देखिन्छन् । यसले फिल्मको कथा बन्दुक र कुनै रहस्यमयी घटनाको वरिपरि घुमेको संकेत गर्छ ।

फिल्ममा केशव पाण्डेको कथा तथा निर्देशन छ । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । फिल्मको पटकथा तथा संवाद लेखनमा उनलाई एमएस अग्रज र शेखर ज्ञवालीले सघाएका छन् । विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माताको रुपमा रहेका छन् ।

प्रद्युमन मिश्रको डिओपी तथा रामशरण उप्रेतीको सिनेमाटोग्राफी रहेको फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । यसमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व तथा पासाङ दावा शेर्पाको सम्पादन छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । कुवेर सिने डिष्ट्रीब्युसनले फिल्मको वितरण अधिकार लिएको छ ।