मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’को ट्रेलरमा शेर्पा समुदायको कथा

फिल्मीखबर, काठमाडौं, 2025/01/01

Dayahang Rai, Srijana Ningleku, Jitu Nepal, Deeya Maskey

 

यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बुधबार सार्वजनिक तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । शेर्पा समुदायको परम्परागत संस्कृति र आर्थिक समस्यासँग जुधिरहेको एउटा झाँक्री परिवारको कथालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

झाँक्रीको भूमिकामा रहेका फिल्मका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानी काट्ने चेतावनीबाट ट्रेलर सुरु हुन्छ । त्यसपछि उनी हराएको सन्तान खोज्न निस्किन्छन् । तर, केही पत्तो लाग्दैन । भाकल र हराएको छोरा खोज्न दयाहाङले गर्ने संघर्षमा ट्रेलर केन्द्रित छ । भद्दा र द्विअर्थी संवाद हाबी रहेको ट्रेलरमा जितु नेपाल र दीया मास्केबीचको नोकझोंक रोचक देखिन्छ ।

ग्रामीण परिवेशमा आधारित भएर बनेको फिल्ममा सिर्जना निङ्लेखु, बुद्धि तामाङ, कविता आले, यासेली लिम्बू, प्रेम लोप्चन, सृष्टि गौतम, डोमा ह्योल्मो, रविन्द्र झा, सुरवीर पण्डित, कर्मा शेर्पा लगायतको पनि अभिनय छ । भ्लगरको रुपमा परिचित सिर्जनाको यो डेब्यु फिल्म हो । यसमा उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् ।

फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । र, पहिलो फिल्ममै उनले आफ्नै समुदायको कथा उठाएका छन् । यसमा उनी स्वयंको लेखन छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । यसमा गोविन्द बोहरा सह-निर्माता तथा आङछिरिङ शेर्पा कार्यकारी निर्मातामा रहेका छन् ।