मिति : २०८१ पौष २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङका फिल्म ६ महिना आएनन्, अब फिल्मै फिल्म

फिल्मीखबर, काठमाडौं, 2025/01/02

dayahang rai

 

गत वर्ष सबैभन्दा धेरै फिल्म रिलिज हुने अभिनेताको कीर्तिमानी दयाहाङ राईले बनाए । उनका ९ वटा फिल्म प्रदर्शनमा आएका थिए । दुईपटक त उनका आफ्नै फिल्मबीच भिडन्त भयो । यस वर्ष पनि उनकै फिल्म धेरै रिलिज हुने देखिन्छ । त्यो पनि गत वर्षकै हाराहारीमा । गत बैशाख, जेठ र असारमा उनका ३ वटा फिल्म ‘मनसरा’, ‘गाउँ आएको बाटो’ र ‘घरज्वाइँ’ प्रदर्शन भए ।

असार २८ गते आएको ‘घरज्वाइँ’पछि भने उनका कुनै फिल्म प्रदर्शन भएका छैनन् । अब करिब ६ महिनापछि उनको नयाँ फिल्म ‘कार्साङ’ आगामी साता (पुष २६ गते) प्रदर्शनमा आउँदैछ । माघ महिनामा भने उनका कुनै फिल्म आउने छैनन् । तर, फागुन र चैतमा उनका चार फिल्म प्रदर्शनको तयारीमा छन् । दुईवटा फिल्म त एक दिनको अन्तरमा समेत रिलिज हुँदैछन् ।

आगामी फागुन २ गते दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’ प्रदर्शनमा आउँदैछ । यसपछि फागुन २९ गते उनी अभिनीत ‘अञ्जिला’ प्रदर्शनको तयारीमा छ । यो फिल्म रिलिजको भोलिपल्ट अर्थात् चैत १ गते भने उनको अर्को फिल्म ‘पूजा, सर : राजागञ्ज’ प्रदर्शनमा आउने तय छ । अर्थात् एक दिनको अन्तरमा उनका दुई फिल्म हलमा लाग्नेछन् ।

यस वर्षको बिदाइ पनि दयाहाङकै फिल्मबाट हुँदैछ । त्यो हो, ‘पिताम्बर’ । यो फिल्म नयाँ वर्ष २०८१ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शन हुँदैछ । यसरी हेर्दा पुषदेखि चैतसम्म उनका ५ वटा फिल्म प्रदर्शन हुनेछन् । बैशाख, जेठ र असारमा प्रदर्शन भएका तीन फिल्मसहित यस वर्ष उनको फिल्म रिलिजको संख्या ८ वटा पुग्नेछ । यो नेपाली फिल्ममा ‘दयाहाङ युग’को प्रमाण हो ।