मिति : २०८१ पौष २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

‘लाज शरणम्’बाट बालेनको पार्श्व गायनमा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/01/02

Balen

 

काठमाडौं महानगरका मेयर बालेन शाह र्‍याप गायकको रुपमा पनि परिचित छन् । उनले गाएको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत युवापुस्तामा निकै चर्चित छन् । ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘स्टे ट्रु’, ‘गोर्खाली तोप’, ‘स्याभेज’, ‘मार्फाको मदिरा’, ‘यथार्थ’, ‘आस्तिक’ पनि उनका चर्चित गीतहरुमा पर्छन् । तर, काठमाडौंको मेयर बनेपछि उनका गीत सार्वजनिक भएका छैनन् ।

अब लामो समयपछि बालेनको गीत दर्शकले सुन्न पाउने भएका छन् । आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’मा एक गीत गाउँदै उनले पार्श्व गायनमा डेब्यु गरेका छन् । केही दिनअघि रेकर्ड भइसकेको गीतमा बालेन स्वयंको शब्द तथा संगीत छ । उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा निर्माता छन् ।

‘लाज शरणम्’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)सँग बालेनको घनिष्ट सम्बन्ध छ । उनलाई मेयरमा जिताउन अर्जुन अहोरात्र खटिएका पनि थिए । अर्जुनकै आग्रहमा बालेनले फिल्ममा गीत गाएको बताइन्छ । प्राप्त जानकारी अनुसार उनले तयार पारेको गीत फिल्ममा कथावाचनको रुपमा प्रयोग हुनेछ । उनको गीतले फिल्मको हाइप बढाउने निश्चित छ ।

‘लाज शरणम्’लाई हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको हो । कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित हरिस निरौला, विजय बराल, सागर लम्साल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा लगायतको अभिनय रहेको छ । फिल्मले वैदेशिक रोजगारीमा जानुपर्ने देशको स्थिति र त्यसले निम्त्याएको कहालीलाग्दो कहरको कथा बोल्ने जनाइएको छ ।