मिति : २०८१ पौष २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को ‘के भरोसा गरम’ गीत रिलिज, प्रदीप दोहोरो भूमिकामा ?

फिल्मीखबर, काठमाडौं, 2025/01/05

aktor

 

आगामी माघ १६ गते (शहीद दिवस)बाट प्रदर्शनमा आउन लागेको राजन भुसाल निर्देशित फिल्म ‘एक्टर : टेक वान’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘के भरोसा गरम’ बोलको रोमान्टिक भावको गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् भने उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।

अभिनेता प्रदीप खड्काको अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीसँग प्रेम बसेको छ । भिडियो हेर्दा उनी दोहोरो भूमिकामा हुनसक्ने देखिन्छ । आनासँगको दृश्यमा बोल्न सक्ने पात्रको रुपमा प्रस्तुत छन् । तर, दिव्यासँगको दृश्यमा उनले आवाजविहीन व्यक्तिले झैँ सांकेतिक भाषा र म्यासेजबाट भावना व्यक्त गरेका छन् । भिडियोमा किरण थापाको कोरियोग्राफी छ ।

निर्देशक भुसाल र आकाश बरालको लेखन रहेको फिल्ममा राजबल्लभ कोइराला, दिव्यदेव, उषा रजक, सृजना अधिकारी, सुशील सिटौलालगायतको पनि अभिनय छ । राजबल्लभले यही फिल्मबाट करिब १० वर्षपछि कमब्याक गरेका हुन् । दिव्याको भने यो डेब्यु फिल्म हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी तथा सह-निर्माता अनीश भुसाल हुन् ।