मिति : २०८१ पौष २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को ‘के भरोसा’ गीतप्रति दर्शकको आकर्षण, हर्कुलस भन्छन्, ‘गर्व महसुस गर्दैछु’

फिल्मीखबर, काठमाडौं, 2025/01/07

Pradeep Khadka, Anna Sharma

 

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । रिलिजको २ दिनमा गीतलाई युट्युबमा साढे १४ लाख बढीले हेरिसकेका छन् । २४ घण्टामै गीतलाई १० लाख भ्यूज मिलेको थियो । युट्युबमा गीतलाई प्रतिक्रिया पनि उत्साहजनक प्राप्त छ । गीतको अडियो र भिडियो दुवै दर्शकले रुचाएका छन् ।

गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाएपछि यसका संगीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । उनले ‘एक्टर’ टिमलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभएकोमा धन्यवाद । म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु ।’

हर्कुलसले फिल्मका अभिनेता प्रदीप खड्कासँग आफ्नो पहिलो गीत रहेको उल्लेख गर्दै उनलाई प्रतिभाशाली र साहसी व्यक्तिको रुपमा प्रशंसा गरेका छन् । उनले अभिनेत्री आना शर्मालाई भने आफ्नो लागि भाग्यमानी व्यक्ति भनेका छन् । आनाले अभिनय गरेको फिल्म ‘जेरी’को ‘के यो माया हो’ हर्कुलसको लोकप्रिय गीत मानिन्छ । यही गीतले उनलाई ‘लाइमलाइट’मा ल्याएको थियो ।

हर्कुलसले ‘एक्टर’बाट कमब्याक गरेका राजबल्लभ कोइराला र डेब्यु गर्ल दिव्या रायमाझीलाई शुभकामना दिँदै गीतमा स्वर दिएकी गायिका इन्दिरा जोशीको पनि प्रशंसा गरेका छन् । उनी लेख्छन्, ‘प्लेब्याक गायनमा तपाईँ जति बहुप्रतिभाशाली कोही छैन ।’ गीतमा इन्दिरालाई हर्कुलस स्वयंले गायनमा साथ दिएका छन् भने उर्मिला गुरुको शब्द रचना छ ।

गीतको भिडियोमा प्रदीप, आना र दिव्यालाई देख्न सकिन्छ । गीतले उनीहरुको प्रेमभाव बोलेको छ । भिडियो हेर्दा फिल्ममा प्रदीप दोहोरो भूमिकामा हुनसक्ने देखिन्छ । उनी आनासँगको दृश्यमा बोल्न सक्ने पात्रको रुपमा प्रस्तुत छन् । तर, दिव्यासँगको दृश्यमा आवाजविहीन व्यक्तिले झैँ सांकेतिक भाषा र म्यासेन्जमार्फत् भावना व्यक्त गरेका छन् । यो फिल्मका निर्देशक राजन भुसाल हुन् ।