मिति : २०८१ पौष २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कार्साङ’लाई सुखद् सोज, बजार ‘भाइब्रेट’ हुने अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2025/01/08

karsang

 

गत बैशाखदेखि कात्तिकसम्म चलायमान देखिएको नेपाली फिल्मको बजार मंसिर लागेसँगै सेलाएको छ । मंसिरका दुई फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ले अपेक्षित व्यापार नै गर्न सकेनन् । बरु मंसिरमा भारतीय फिल्म ‘पुष्पा २’ले बक्स अफिसमा सुनामी ल्यायो । पुष पहिलो र दोस्रो साता आएका ‘बमबहादुर’ र ‘देव वाणी’ले पनि कुनै चमत्कार गरेनन् । दुवै फिल्म हलबाट दुई दिनमै उत्रिए ।

अब यही शुक्रबार अर्थात् पुष २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’बाट सेलाएको बजार ‘भाइब्रेट’ हुने अपेक्षा गरिएको छ । यसको आधार भनेको ‘स्टारकास्ट’ हो । यसमा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु जस्ता परिचित कलाकारको अभिनय छ । फिल्मको हाइप पनि राम्रो बनेकाले व्यापार सुखद् हुने प्रक्षेपण गरिएको छ ।

साउथ सुपरस्टार रामचरण अभिनीत फिल्म ‘गेम चेञ्जर’सँग प्रतिस्पर्धा गर्न लागेको ‘कार्साङ’को प्रायः मल्टीप्लेक्समा टिकट बुकिङ खुला भइसकेको छ । फिल्मलाई सुखद् सोज मिलेको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका हलमा गरी कूल ४८ सोज दिएको छ । काठमाडौं उपत्यकाभित्रका आउटलेटमा २१ र उपत्यकाबाहिरका हलमा २७ सोज बाँडिएको छ ।

त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले बुटबल, नयाँ बानेश्वर र गोंगबु आउटलेटमा गरी १५, एफक्युबले ७, विएसआर मुभिजले ६, कीर्तिपुर सिनेप्लेक्सले २, डिएम सिनेमाले ४, ईन्फिनिटी मुभिजले ५ सोज दिएका छन् । काठमाडौंका केही हलहरुमा फिल्मको बुकिङ खुल्न बाँकी नै छ । उपत्यकाबाहिरका हलहरुमा पनि फिल्मले राम्रो सोज पाएको छ ।

अब फिल्मलाई ठूलो चुनौती भनेको उपलब्ध सोजलाई अकुपेन्सीमा बदल्नु हो । फिल्मको ओपनिङ अकुपेन्सी राम्रो रहेको खण्डमा शनिबारबाट सोजमा पनि वृद्धि हुनेछ । टिजर, ट्रेलर र गीतलाई युट्युबमा मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा फिल्मलाई लिएर दर्शक उत्साही देखिन्छन् । अब त्यो उत्साह हलमा कति देखिन्छ, त्यसले नै फिल्मको व्यावसायिक भविष्यले निर्धारण गर्नेछ ।

फिल्ममा यम शेर्पाको लेखन तथा निर्देशन छ । यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । फिल्मको निर्माता तथा छायाँकारमा पुरुषोत्तम प्रधान छन् । ‘कार्साङ’मा दयाहाङ राईलाई झाँक्रीको भूमिकामा देख्न सकिनेछ ।