मिति : २०८१ पौष २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

समीरका लागि विराजले किनिदिए ३ करोडमाथिको गाडी

फिल्मीखबर, काठमाडौं, 2025/01/11

biraj bhatta

 

अचेल कलाकारहरुले गाडी खरिद गर्नु सामान्य बनिसकेको छ । तर, आम मानिसका लागि भने यो चासोको विषय बन्ने गरेको छ । यसैले त यतिबेला अभिनेता विराज भट्टले खरिद गरेको गाडीको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । चर्चा हुनुको मुख्य कारण चाहिँ गाडीको मूल्य हो । विराजले खरिद गरेको गाडीको मूल्यले ठूलो ‘क्यानभास’मा एउटा फिल्म नै निर्माण हुन्छ ।

विराजले शुक्रबार चाबहिलस्थित टोयोटाको सोरुमबाट विलासी गाडी मानिने ल्याण्ड क्रूजर २५० खरिद गरेका हुन् । दशकअघिका चर्चित कोरियोग्राफर वसन्त श्रेष्ठको साथमा सोरुम पुगेका उनले उक्त गाडी ३ करोड ३२ लाख मूल्यमा खरिद गरेको जनाइएको छ । नेपाली कलाकारहरुमा ल्याण्ड क्रूजर गाडी खरिद गर्ने विराज नै पहिलो हुन् ।

गाडी खरिद गरेपछि विराजले सोरुममै केक काटेका थिए भने आफैंले गाडी हाँकेर बाहिरिएका थिए । बुझिए अनुसार उनले छोरा समीर भट्टका लागि गाडी किनेका हुन् । समीर यतिबेला पूर्वमा ‘बलिदान’को छायांकनमा व्यस्त भएकाले उनी गाडी खरिदको बेला उपस्थित हुन सकेका थिएनन् । विराजले समीरलाई छायांकन सेटमै पुगेर गाडी उपहारस्वरुप प्रदान गर्न लागेको बुझिएको छ ।

विराजले ल्याण्ड क्रूजर जस्तो महंगो गाडी खरिद गर्नुमा यही दशैंमा आएको ‘१२ गाउँ’को सफलता महत्त्वपूर्ण छ । यो फिल्मबाट उनले कम्तिमा पनि १० करोड नाफा कमाएका छन् । समीरको क्रेजकै कारण फिल्मको यो सफलता सम्भव भएको धेरैको बुझाइ छ । यसैले पनि विराजले समीरका लागि नेपाली कलाकारहरुले नै चढ्न नसकेको गाडी खरिद गरेका हुन् ।

विराज चाँडै ‘१२ गाउँ’कै सिक्वेल बनाउने तयारीमा छन् । उनले चलचित्र विकास बोर्डबाट पुष दोस्रो साता सिक्वेलका लागि निर्माण इजाजत लिइसकेका छन् । फिल्ममा विराजसहित समीर भट्ट र सनिशा भट्टराईको मुख्य भूमिका रहने इजाजत पत्रमा उल्लेख छ । बजारको चर्चा अनुसार यो फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने तयारीमा विराज छन् । फिल्मको निर्देशन उनी आफैंले गर्नेछन् ।