मिति : २०८१ माघ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाज शरणम्’ले ल्यायो ‘स्टार स्किम’ अफर

फिल्मीखबर, काठमाडौं, 2025/01/15

film-laaj-sharanam-750x375

 

अचेल फिल्म बनाउनभन्दा प्रचारमा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । प्रचारमा पनि नयाँ र फरक शैली अपनाउनुपर्ने हुन्छ, जसले दर्शकको ध्यान आकर्षित गराउन सकोस् । पछिल्लो समय फिल्मका निर्माताहरुले विभिन्न शीर्षकमा प्रतियोगिताको घोषणादेखि मोबाइलजस्ता उपहार योजना अगाडि सारेर फिल्मको प्रचार गरिरहेका छन् । केही हदसम्म यो प्रभावकारी पनि देखिएको छ ।

यसैबीच, आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ले एउटा अफर योजना ल्याएको छ । त्यो अफर हो, ‘स्टार स्किम’ । यसमा सहभागी हुन चाहनेले लोकपप, आधुनिक, कविता, क्यारिकेचर, र्‍याप र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्नेछ ।

प्रतियोगीहरुले तयार पारेका भिडियोहरु फिल्मको टिकटक अकाउन्टमा अपलोड गरिने र त्यसमा प्राप्त भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी ५ जनालाई मोबाइल प्रदान गरिने निर्देशक कुमार कट्टेलले जानकारी दिए । माघ १५ गतेसम्म भिडियो पठाउन समयसीमा तोकिएको छ । यो प्रतियोगिताले फिल्मको प्रचारमा सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।

केही हप्ताअघि मात्र सार्वजनिक तीनवटा पोस्टरमार्फत् फिल्मको कथावस्तुबारे प्रकाश पारिएको थियो । जसले वैदेशिक रोजगारीले निम्त्याएको कहालीलाग्दो कहरको कथा फिल्मले भन्ने प्रष्ट पार्छ । फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, मुकुन्द श्रेष्ठ, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतको अभिनय छ ।