मिति : २०८१ माघ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महोत्सवमा पल : पैसा पनि, ‘मायावी’को प्रचार पनि

फिल्मीखबर, काठमाडौं, 2025/01/16

paul shah

 

यतिबेला देशभरि नै मेला-महोत्सवको रन्को छ । योसँगै कलाकारहरूको व्यस्तता पनि बढेको छ । चलेका गायक/गायिकाहरुलाई त महोत्सवको दौडधुपले गीत रेकर्ड गर्न समेत फुर्सद छैन । राम्रो आम्दानी हुने भएकाले फिल्मका कलाकारहरु पनि बेला-बखतमा मेला-महोत्सवमा उपस्थित भइरहेका हुन्छन् । यतिबेला अभिनेता पल शाह महोत्सवहरुमा सबैभन्दा बढी व्यस्त देखिएका छन् ।

हरेक साता २/३ वटा महोत्सवमा सहभागी भइरहेका उनले यसबाट आकर्षक कमाइ गरिरहेका छन् । उनले एउटा महोत्सवमा सहभागी भएबापत २ लाख बढी पारिश्रमिक लिने गरेको चर्चा छ । यसैले उनले अचेल म्यूजिक भिडियोभन्दा मेला-महोत्सवलाई प्राथमिकता दिन थालेको देखिन्छ । र, उनले महोत्सवलाई आफ्नो फिल्मको प्रचार थलो पनि बनाइरहेका छन् ।

पलको नयाँ फिल्म ‘मायावी’ आगामी फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । यसैले केही दिनयता उनले आफू सहभागी हुने महोत्सवमा फिल्मको प्रचार पनि गरिरहेका छन् । गत सोमबार उनले म्याग्दी महोत्सवमा फिल्मको ‘टलटल’ गीत रिलिज गरेका थिए । बर्दिया महोत्सव पुगेर उनले त्यही गीतमा नृत्य प्रस्तुत गरे । फिल्मको बारेमा प्रश्न सोध्दै उनले थुप्रै दर्शकहरुलाई टिसर्ट पनि उपहार दिए ।

महोत्सवमा फिल्मको प्रचार प्रभावकारी मानिन्छ । किनकि, त्यहाँ ठूलो संख्यामा दर्शकहरुको उपस्थिति हुने गर्छ । जसले गर्दा धेरै दर्शकसम्म फिल्मको जानकारी पुग्छ । झन् पल उपस्थित हुने प्रायः मेला/महोत्सवमा मानवसागर नै उर्लिने गरेको छ । यसैले उनले महोत्सवहरुमा ‘मायावी’को प्रचार गर्नु फिल्मका लागि ठूलो सहयोग हो । यसले फिल्मप्रति पलको गम्भीरता पनि देखाउँछ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पलको जोडी अभिनेत्री दीपिका प्रसाईंसँग बाँधिएको छ । सुशील सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समीम खान, लक्ष्मी गिरी लगायतको पनि फिल्ममा अभिनय रहेको छ । समीम खानले यही फिल्मबाट डेब्यु गरेका हुन् । प्रेम, मित्रता र वियोगको कथामा बनेको फिल्मले सुखद व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।