मिति : २०८१ माघ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ल्हो-छाम्पा’बाट ६ वर्षपछि निर्देशनमा फर्किँदै नरेश

फिल्मीखबर, काठमाडौं, 2025/01/16

Naresh Kumar KC

 

‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’का निर्देशक नरेशकुमार केसी नयाँ फिल्म ‘ल्हो-छाम्पा’बाट ६ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै उक्त फिल्मको घोषणा गरियो । फिल्मले सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएका शरणार्थीको कथा भन्ने जनाइएको छ । ‘ल्हो-छाम्पा’ शब्दले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउँछ ।

फिल्मलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिकबाट नेपाली गीतसंगीत र कलाका अन्य विधामा योगदान गरिरहेका छन् । उनले आफूले भोगेको समयलाई दस्तावेजीकरण गर्ने उद्देश्यले फिल्म बनाउन लागेको बताएका छन् ।

निर्देशक केसीले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई फिल्मले प्रस्तुत गर्ने बताए । ‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले सधैं पछ्याइरहन्छ । फिल्मले त्यस्तै स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ,’ उनले प्रष्ट पारे । निर्देशनको हिसाबले यो नरेशको तेस्रो फिल्म हुनेछ ।

‘ल्हो-छाम्पा’मा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । संगीतकार पोखरेलले फिल्ममा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी दिए । भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई फिल्मले प्रस्तुत गर्नेछ । फिल्ममा कलाकारहरु भने तय भएका छैनन् ।