मिति : २०८१ माघ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारंग’को ‘तिमी नै हौ’ गीतमा दुई बालकको मित्रता

फिल्मीखबर, काठमाडौं, 2025/01/16

Aditya Karki, Samrat

 

यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को पहिलो गीत ‘तिमी नै हौ’ सार्वजनिक गरिएको छ । देवेन्द्र बरालको पार्श्व गायन रहेको उक्त गीतमा शंकर थापा ‘स्माइल’को संगीत तथा सुमन सिंगलको शब्द रचना छ । सुष्मा राईको नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र आदित्य कार्की र सम्राट थापाबीचको मित्रता देखाइएको छ ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आदित्य र सम्राटसहित ऋचा शर्मा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय छ । ऋचा र उत्पल श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, गोपाल रायको डिओपी, मित्र डि गुरुङको सम्पादन तथा सास्वत श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । फिल्मले बाल मनोविज्ञान र धनी-गरिबबीचको खाडलको कथा देखाउने जनाइएको छ ।