मिति : २०८१ फाल्गुन २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’को ‘टिक टिक टिक’ गीतमा कलेज जीवनको रमाइलो

फिल्मीखबर, काठमाडौं, 2025/01/17

CoolBoy

 

‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को पहिलो गीतको रुपमा शुक्रबार ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक उक्त गीतमा अलमोडा राणा उप्रेतीको शब्द रचना, संगीत र गायन छ । यसमा र्‍याप भोकल अलमोडासँगै सन्तोष राणाले दिएका छन् । अलमोडाले ६ वर्षपछि फिल्मको पार्श्व गायनमा पुनरागमन गरेका हुन् ।  

प्रवीण सिंहको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेताहरु पारस बम (कुल ब्वाई), रिहान गिरि, आशिष घिमिरे र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली चित्रित छन् । होस्टेलमा बसेर पढ्ने गरेका उनीहरुको कलेज जीवनको रमाइलो, पढाइको तनाव र साथीहरुसँगको मित्रतालाई गीतमा प्रस्तुत गरिएको छ ।

आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सशान कँडेलले निर्देशन गरेका हुन् । यसमा सशान स्वयंको कथा छ भने माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् । उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको पनि अभिनय रहेको फिल्मले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणलाई देखाउनेछ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् । सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।

 

Most Visited News (monthly)