मिति : २०८१ माघ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘वसन्त’को गीतलाई लोभलाग्दो भ्यूज, मौलिक गीत भन्दै प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/01/17

Prakash Saput And Swastima Khadka

 

गायक तथा संगीतकार प्रकाश सपूतलाई संगीत क्षेत्रमा ‘हिट मेशिन’ भन्ने गरिएको छ । उनका एकपछि अर्को गीत लोकप्रिय हुनुले पनि यसलाई प्रमाणित गर्छ । ‘गलबन्दी, ‘सकम्बरी, ‘कुरा बुझ्न पर्च’ जस्ता उनका थुप्रै गीत जनजिब्रोमा झुन्डिएका छन् । यतिबेला उनको नयाँ गीत चर्चामा छ । त्यो हो, ‘साँझ पर्‍यो झमक्क’ । यो गीत उनकै डेब्यु निर्देशनमा बनेको फिल्म ‘वसन्त’मा समावेश छ ।

गत शनिबार सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा लोभलाग्दो भ्यूज मिलेको छ । ६ दिनमा २४ लाख बढीले हेरिसकेको गीत युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनतर्फ शीर्ष स्थानमा उक्लिसकेको छ भने प्रायः सर्टस् भिडियोको प्रभुत्व रहने युट्युब ट्रेन्डिङको मुख्य सेक्सनको पाँचौं नम्बरमा समेत गीत परेको छ । यो भनेको गीतको बढ्दो लोकप्रियताको प्रमाण हो ।

गीतले दर्शकीय प्रतिक्रिया पनि उत्साहजनक पाएको छ । प्रायःजसोले मौलिक गीत भन्दै उत्कृष्ट सिर्जना गर्न सक्ने गायक सपूतको खुबीको प्रशंसा गरेका छन् । ‘गलबन्दी’को झल्को दिएको प्रतिक्रिया पनि धेरै देखिन्छन् । समग्रमा गीतलाई प्राप्त प्रतिक्रिया उत्कृष्ट छ । यानीमाया भाकामा रहेको गीतमा प्रकाशलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् भने शब्द र संगीत प्रकाशकै छ ।

ग्रामीण परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता समेत रहेका प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का लगायत चित्रित छन् । भिडियोको सुरुवात उनीहरु कलेजबाट फर्किँदै गरेको दृश्यबाट हुन्छ । र, घर जाने बाटो अलग भएपछि उनीहरुबीच चलेको प्रेमिल संवादपछि गीत सुरु हुन्छ । गीतमा प्रयोग ‘कामी’ शब्दलाई लिएर भने विवाद भइरहेको छ ।

आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पल, श्री शिवांसी, उर्मिला लमगडे, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन रहेको फिल्मको निर्मातामा मोहन विश्वकर्मा र विन्दू बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।