मिति : २०८१ माघ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’को दोस्रो ट्रेलरमा पहिचानको विषयलाई जोड

फिल्मीखबर, काठमाडौं, 2025/01/17

Shristi Shrestha, Najir Husen

 

यही माघ ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक झन्डै २ मिनेट लम्बाईको ट्रेलरले पहाडी युवती (सृष्टि श्रेष्ठ) र मधेशी युवक (नाजिर हुसेन)बीच मधेशमा भेट भएपछि एउटा विन्दूमा पहिचानको विषयले उत्पन्न हुने परिस्थितिलाई चित्रण गरेको छ ।

ट्रेलरको सुरुवात सृष्टिलाई नाजिरले एउटा कोठामा बन्धक बनाएको दृश्यबाट हुन्छ । त्यसपछि मधेशको सेटिङमा उनीहरुबीचको निकटतालाई देखाइएको छ । एक मैथिली गीतको सानो अंश समेत समावेश ट्रेलरको अन्तिममा नाजिरले तराईमा बस्ने मधेशीलाई अझै पनि भारतीयको रुपमा चित्रण गर्ने गरेको गुनासो गरेका छन् । फिल्मको केन्द्रीय द्वन्द्व यही देखिन्छ ।

निर्देशक गौचन स्वयंको लेखन रहेको फिल्ममा नाजिर राम र सृष्टि सीताको भूमिकामा छन् । उनीहरुसहित फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, मनोज शाह लगायतको अभिनय छ । यसमा अमितेष शाह विशेष भूमिका छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्मलाई निर्देशक गौचन स्वयंले निर्माण गरेका हुन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा अमर महर्जनको डीओपी, प्रवेश मल्लिक, दीपेन्द्र गौचन र करुण थापाको संगीत, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व तथा रामजी लामिछाने र राजीव कर्णको नृत्य निर्देशन छ ।