मिति : २०८१ माघ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डल्लेले इन्ट्री मार्‍यो’मा ‘बले’ हिरो

फिल्मीखबर, काठमाडौं, 2025/01/17

sagar lamsal

 

हास्य टेलिसिरियल ‘सक्किगोनि’मा जोडिएपछि सागर लम्साल (बले) फिल्ममा निस्क्रियजस्तै देखिए । सन् २०१८ मा रिलिज भएको ‘हैरान’पछि उनले ६ वर्ष फिल्म नै गरेनन् । बरु म्यूजिक भिडियोमा धेरै देखिए । अब भने उनी फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा देखिएका छन् । यसैले त आफ्नो कमब्याक फिल्म ‘लाज शरणम्’ हलमा नलाग्दै उनी अर्को फिल्ममा जोडिएका छन् ।  

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर अनुबन्धित भएका हुन् । सागर र निर्माताबीच शुक्रबार कागजी सम्झौता भएको हो । यो फिल्मको छायांकन ‘लाज शरणम्’ रिलिज भएपछि हुनेछ । सागरले कथावस्तु र आफ्नो चरित्र मन परेपछि फिल्ममा आबद्ध भएको जनाएका छन् । फिल्ममा उनले डल्लेको चरित्र निभाउने जनाइएको छ ।

कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन छ । उषा फिल्म्सको प्रस्तुति रहने फिल्मको निर्मातामा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष-आदर्श बस्नेत छन् । फिल्ममा सागरबाहेक अरु कलाकारहरु निश्चित भएका छैनन् । अब बाँकी कलाकार छनोट गरिने निर्देशक गिरीले बताए ।

सागरले ‘लोफर’ फिल्मबाट करिअर सुरु गरेका थिए । यसपछि ‘लज्जा’ र ‘हैरान’मा काम गरे । तर, फिल्ममा करिअर सुखद बन्न नसक्दा टेलिसिरियलमा होमिएका उनलाई ‘सक्किगोनि’को ‘बले’ चरित्रले दर्शकमाझ चिनायो । यसपछि उनी सिरियलसँगै म्यूजिक भिडियोमा सक्रिय भए । उनले सयौं गीतमा अभिनय गरिसकेका छन् । उनी चाँडै आफैं फिल्म निर्माण गर्ने योजनामा समेत छन् ।