मिति : २०८१ माघ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

१० सहरमा ‘दुःखी आत्मा’को ‘जोक जात्रा’ गरिने

फिल्मीखबर, काठमाडौं, 2025/01/19

dhukhi aatma

 

प्रेम दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’को प्रचारलाई आक्रामक तुल्याउन ‘जोक जात्रा’ कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा फिल्मका कलाकारहरु पनि सहभागी हुनेछन् ।

‘जोक जात्राः स्ट्यान्ड अफ कमेडी टुर अगेन’ नाम दिइएको यो कार्यक्रम यही माघ ६ गते नेपालगञ्जबाट सुरु हुनेछ । त्यसपछि माघ ८ गते बुटवल, माघ १० गते नवलपुर, माघ ११ गते चितवन, माघ १३ गते पोखरा, माघ १६ गते हेटौडा, माघ १७ गते दमक, माघ १९ गते विर्तामोड र माघ २० गते इलाममा गरेर संघीय राजधानी काठमाडौंमा समापन हुनेछ ।

उक्त कमेडी टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिक कुमार अधिकारीले प्रस्तुति दिनेछन् । उनीहरु सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति दिइसकेका छन् । फिल्मबारे दर्शकको ठूलो वर्गसम्म जानकारी पुर्‍याउन ‘जोक जात्रा’ कार्यक्रम प्रभावकारी हुने निर्माता कडरियाको विश्वास छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, कविता आले लगायतको अभिनय छ । यौन स्वास्थ्यको विषयमा बनेको फिल्मको कार्यकारी निर्मातामा सुदीप बराल छन् भने आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । दुई हप्ताअघि सार्वजनिक टिजरले दर्शकमाझ ‘दुःखी आत्मा’को राम्रो हाइप बनाएको छ ।