मिति : २०८१ माघ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आउट ल’ : शरीरमा आगो लगाएर सुशीलको एक्सन

फिल्मीखबर, काठमाडौं, 2025/01/20

sushil shrestha

 

अभिनेता सुशील श्रेष्ठको करिअरका लागि फिल्म ‘आउट ल’ महत्त्वपूर्ण छ । एकपछि अर्को फिल्मको असफलताले ठूलो संकटमा रहेका उनलाई यो फिल्म व्यावसायिक रुपमा सफल हुनु अनिवार्य छ । यसैले उनले फिल्ममा दिलोज्यान दिएर मिहिनेत गरिरहेका छन् । यसमा उनी पूर्ण एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । निर्माण पक्षको दाबी अनुसार उनले फिल्ममा गरेको एक्सन अद्भूत छ ।

केही हप्ताअघि ४० लाख खर्चिएर फिल्मको एउटा एक्सन सिक्वेन्स खिचिएको थियो, जसमा सुशीलले खतरनाक दृश्य दिए । उनको शरीरमा आगो लगाइएको थियो । र, बलिरहेको आगोमै उनले झन्डै एक मिनेट एक्सन गरेका थिए । फिल्ममा यो दृश्य महत्त्वपूर्ण रहेको निर्देशक विक्की महर्जनले जानकारी दिए । उनका अनुसार फिल्ममा सुशीलको ५० मिनेट लामो एक्सन छ ।

हलिउड र कोरियन स्टाइलमा एक्सन कोरियोग्राफी रहेको दाबी गरिएको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतको अभिनय छ । निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको द्वन्द्व निर्देशन तथा साहिल खानको सम्पादन छ ।

होलीको दिन पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माता अमित अग्रहरी हुन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्मातामा छन् । गत साउनमा रिलिज भएको टिजरले फिल्मको राम्रो हाइप बनाएको थियो । तर, गत असोज ३ गतेबाट रिलिज सर्दा त्यो हाइप व्यर्थ बन्यो । यद्यपि, फिल्मप्रति दर्शकमा अपेक्षा बढेको छ ।