मिति : २०८१ माघ ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पहाड’मा वर्षाको ठाउँमा प्रियंका

फिल्मीखबर, काठमाडौं, 2025/01/23

priyanka karki and barsha raut

 

‘लाहुरे’ निर्देशक तुलसी घिमिरेको ७ वर्षपछिको कमब्याक फिल्म ‘पहाड’मा कलाकारको लाइनअप बलियो बनेको छ । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले डेब्यु गर्न लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनील थापा, अरुण क्षेत्री लगायतको अभिनय रहनेछ । अब फिल्ममा प्रियंका कार्की पनि आबद्ध भएकी छन् । निर्माताले उनलाई वर्षा राउतको ठाउँमा लिएका हुन् ।

कलाकारको लाइनअप पूरा भएसँगै आगामी साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ । गोरखाबाट छायांकन हुन लागेको फिल्मले बढ्दो बसाइँ सराईले रित्तिँदै गएको पहाडी गाउँको कथा भन्नेछ । यसमा निर्देशक घिमिरे स्वयंको लेखन छ भने छायाँकारमा प्रमोद प्रधान छन् । नेपाली फिल्मको छायांकनमा प्रधानको तीन दशकपछिको पुनरागमन हो ।

फिल्ममा ओजश्वी केसी निर्मातामा छन् भने रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माताको रुपमा जोडिएका छन् । रञ्‍जित गजमेरले फिल्मको गीतमा संगीत दिएका छन् । ‘वीरताको चिनो’, ‘लहनाले जुरायो कि’ जस्ता थुप्रै कालजयी गीतमा संगीत भरेका उनले ८ वर्षपछि फिल्मको पार्श्व संगीतमा पुनरागमन गरेका हुन् । उनी नाताको हिसाबले निर्देशक घिमिरेका ससुरा हुन् ।

‘पहाड’को क्रिएटिभ निर्देशकमा भारती घिमिरे छिन् । उनी निर्देशक घिमिरेकी श्रीमती हुन् । उनले फिल्मको एक गीतमा स्वर पनि दिएकी छन् । यसअघि पनि उनले श्रीमानको निर्देशनमा बनेका प्रायः फिल्ममा गायनका साथै असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिसकेकी छन् । त्यस्तै, यो फिल्ममा निर्देशक घिमिरेकी जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन् ।