मिति : २०८१ माघ ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’ प्रिमियर : ‘मूलधारका फिल्मभन्दा फरक’

फिल्मीखबर, काठमाडौं, 2025/01/23

Keti Harayeko Suchana 4

 

करिब तीन दशकअघिको चर्चित डकुड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो निर्देशकीय फिचर फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुधबार ललितपुरको लबिम मलमा प्रिमियर राखिएको थियो । थुप्रै चिरपरिचित सेलिब्रेटीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गर्‍यो । प्रायःले एकदमै फरक शैलीको कथावाचन रहेको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री प्रियंका कार्कीले नेपालमा बनिरहेका मूलधारका फिल्मभन्दा निकै फरक रहेको धारणा व्यक्त गरिन् । फिल्म हेर्दा आफूले ‘इन्जोय’ गरेको उनको भनाइ थियो । उनका श्रीमान् तथा अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले राम्रो लागेको बताए ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको फिचर फिल्म हेर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा फिल्मको माध्यमबाट राम्रोसित भनेको बताए । ‘फिल्म हेर्दा मज्जा आयो । रमाइलो भयो,’ उनले भने, ‘निर्देशकले आफूलाई मन लागेको फिल्म बनाउनुभएको छ । मैले फिल्मका धेरै कुराहरुमा ‘इन्जोय’ गरेँ ।’

 

Keti Harayeko Suchana 4


अभिनेत्री स्वस्तिमा खड्काले फिल्म फ्रेस कथामा बनेको प्रतिक्रिया दिइन् । अर्की अभिनेत्री दीया मास्के पनि स्वस्तिमाकै भनाइमा सहमत देखिइन् । निर्देशकले आफूलाई मनपर्ने तरिकाले फिल्म बनाएको उनको भनाइ थियो । अभिनेत्री केकी अधिकारीले पनि आफूलाई यस्तो कथाको फिल्म हेर्न र काम गर्न मनपर्ने बताइन् । दर्शकलाई फिल्म एकदमै फ्रेस र नयाँ लाग्ने उनको विश्वास छ ।

प्रिमियरमा उपस्थित भएका निर्देशकहरु अशोक शर्मा, प्रदीप भट्टराई, नवल नेपाल, दीपेन्द्र के. खनाल, अभिनेत्रीहरु मिरुना मगर, मेनुका प्रधान, थिन्ले ल्हामो, निर्माता एवं कलाकार रविन्द्रसिंह बानियाँ लगायतले पनि फिल्मको प्रशंसामा शब्द खर्चिए । प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मका कलाकारदेखि निर्देशक/निर्माता खुसी देखिएका थिए ।

 

Keti Harayeko Suchana 4


यही शुक्रबार (माघ ११ गते)बाट प्रदर्शन हुन लागेको फिल्मको कथा नाजिर हुसेन र सृष्टि श्रेष्ठको वरपर घुमेको छ । उनीहरुको भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित छ । निर्देशक गौचन स्वयंको लेखन रहेको फिल्ममा सञ्जय गुप्ता, मदन ठाकुर, रामनारायण ठाकुर लगायतको पनि अभिनय छ । अमर महर्जनको डीओपी रहेको यसका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।