मिति : २०८१ माघ ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘केटी हराएको सूचना’ले दर्शक फर्काउला ?

फिल्मीखबर, काठमाडौं, 2025/01/24

Keti Harayeko Suchana 4

 

गत मंसिरपछि नेपाली फिल्मको व्यापार सेलाएको छ । ठूला ‘स्टार’का फिल्मले समेत दर्शक तान्न सकेनन् । अब शुक्रबारबाट नयाँ फिल्म ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । एकातिर ‘उजेली’ जस्तो यादगार डकुड्रामा बनाएका दीपेन्द्र गौचनको निर्देशन र अर्कोतिर नाजिर हुसेन र सृष्टि श्रेष्ठ जस्ता नाम चलेका कलाकार भएकाले फिल्मले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको छ ।

सोलो रिलिज र अघिल्ला साताका फिल्म नचलेका कारण ‘केटी हराएको सूचना’लाई मल्टीप्लेक्सहरुले उल्लेख्य शो बाँडेका छन् । केही शोमा बुकिङ पनि राम्रो देखिन्छ । वितरक करण श्रेष्ठले शुक्रबार बिहानै नयाँ बानेश्वरमा रहेको वान् सिनेमाज्मा हाउसफुल दर्शकको तस्वीर सेअर गरेका छन् । ‘वर्ड अफ माउथ’ राम्रो मिलेको अवस्थामा दिउँसोबाट फिल्मले थप गति लिन सक्छ ।

मधेशी युवक र पहाडी युवतीबीच भेट भएपछि आउने उतार-चढावको कथा फिल्मले पेस गरेको छ । फिल्मको करिब ९० प्रतिशत दृश्यमा नाजिर र सृष्टिलाई देख्न सकिन्छ । जनकपुरको सेटिङमा खिचिएको फिल्ममा तराईको जीवनशैली र मिथिला संस्कृतिलाई पनि देखाइएको छ । २ घन्टा ४० मिनेट लम्बाईको फिल्ममा एउटै सिन १० मिनेटसम्मका छन् ।

दीपेन्द्र गौचनको निर्देशनसहित लेखन तथा निर्माणमा तयार भएको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल आदिको अभिनय छ । अमर महर्जनको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका प्रमुख नकिम उद्दिन छन् ।