मिति : २०८१ माघ १७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र अनुपको ‘जार’ बैशाख २६ मा आउने निश्चित

फिल्मीखबर, काठमाडौं, 2025/01/28

Jaar Poster

 

चार वर्षअघि निर्माण भएको साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ अब सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

सार्वजनिक पोस्टरमा तीन मुख्य पात्र सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली थापा क्यारेक्टर लुक्समा प्रस्तुत छन् । गीताञ्जली भावुक मुद्रामा छिन् । सौगात गम्भीर देखिन्छन् । अनुपको अनुहारमा रिसको आवेग छ । फिल्मले सम्बन्धको कथा भन्ने पोस्टरले प्रष्ट पार्छ । जार भनेको भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले भन्ने शब्द हो ।

भारतीय फिल्म उद्योगमा सक्रिय गीताञ्जली भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता समेत हुन् । ‘लायर्स डाइस’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । उनी अभिनीत फिल्म टोरन्टो, बुसान जस्ता फेस्टिभलमा समेत स्क्रिनिङ भएका छन् । नेटफ्लिक्सको चर्चित सिरिज ‘सेक्रेड गेम्स’मा पनि उनले अभिनय गरेकी छिन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार फिल्मको सम्पूर्ण छायांकन सिक्किम क्षेत्रमा गरिएको छ । अधिकांश कलाकार र प्राविधिक टिम भारतबाटै छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माताहरुमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।

सन् १८ सयको दशकको अन्त्यतिर नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले देखाउनेछ । ‘जार’को कथामा नाटक समेत मञ्चन भइसकेको छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।