मिति : २०८१ माघ २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभ बने कवि, सार्वजनिक गरे ‘औरा’ कविता संग्रह

फिल्मीखबर, काठमाडौं, 2025/02/02

Raj Ballav koirala (1)

 

अभिनयमा प्रखर राजबल्लभ कोइरालालाई अब अभिनेता मात्र भन्दा अन्याय हुनेछ । उनी कवि पनि बनेका छन् । शनिबार उनले पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त कृति उनले छोरीलाई उपहार स्वरुप तयार पारेका हुन् । उनको छोरीको नाम पनि औरा हो । औराको अर्थ आभा मण्डल अर्थात् प्रकाशहरुको घेरा भन्ने हुन्छ ।

उक्त पुस्तक कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला तथा प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले संयुक्त रुपमा विमोचन गरेका थिए । शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैँयाँ रहेको छ । सोमबारबाट बजारमा उपलब्ध हुन लागेको पुस्तकमा १ सय ११ वटा कविता छन् ।

कविता संग्रह सार्वजनिक गर्दै राजबल्लभले भने, ‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरीका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो ।’ उनले कार्यक्रममा केही कविता पनि पढेर सुनाए ।

कार्यक्रममा कवि प्रतीकले कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरे । उनले भने, ‘यसमा १ सय ११ वटा कविता छन् । यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि, राजका कविता छोटा छन् तर प्रभावशाली छन् । उनका कवितामा शिल्प र दर्शनको बेजोड संगम भेटिन्छ ।’

राजबल्लभको पहिलो कविता संग्रह कुन समयमा आएको छ भने उनले १० वर्षपछि अभिनयमा पुनरागमन गरेको फिल्म ‘एक्टर : टेक वान’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मको प्रचार र पुस्तक विमोचनकै लागि उनी अघिल्लो साता अमेरिकाबाट काठमाडौं आएका थिए । नेपाल आउँदा उनीसँग अभिनेताको मात्र परिचय थियो । अब फर्किँदै गर्दा कविको परिचय पनि हुनेछ ।