मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित बस्नेतको ‘पीआर’मा को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2025/02/02

pr movie

 

शोभित बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आइतबार दुईवटा पोस्टरमार्फत् कलाकारबारे जानकारी गराइयो । यसमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पूजा चौधरी र राजन कुँवरको मुख्य भूमिका रहनेछ । चार सयजनामा भएको अडिसनबाट उनीहरु पाँचजना छनोट भएका हुन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको आगामी फेब्रुअरी ११ बाट छायांकन सुरु हुने निर्देशक बस्नेतले जानकारी दिए । फिल्मको ७५ प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ । यतिबेला निर्देशक बस्नेत फिल्मको तयारीका लागि अष्ट्रेलियामा छन् । यसमा उनी स्वयंको कथा छ ।

आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलियाका रन्जित शाह र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको ‘पीआर’मा कुशल थापा, विमला खत्री, म्याक्स, नवीन घायल लगायतको पनि अभिनय रहनेछ । गणेश बुढाथोकीको पटकथा तथा संवाद रहेको फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता तथा गणेश केसी कार्यकारी निर्माताको रूपमा छन् ।