मिति : २०८१ माघ २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायाको माया’मा आनाको जोडी भारतीय अभिनेता सत्यजीत

फिल्मीखबर, काठमाडौं, 2025/02/02

Anna Sharma

 

५ वर्षपछिको कमब्याक फिल्म ‘एक्टर: टेक वन’ यतिबेला हलमा प्रदर्शन भइरहँदा अभिनेत्री आना शर्माले नयाँ फिल्मको छायांकन सुरु गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यसबारेमा जानकारी गराएकी हुन् । एक तस्वीरसहित ‘नयाँ सुरुवात’ भन्दै उनले लेखेकी छन्, ‘यो यात्रा र अगाडिका सबै चिजको लागि उत्साहित छु ।’ उनले फिल्मको नाम भने खुलाएकी छैनन् ।

तस्वीरमा आनासहित भारतीय अभिनेता सत्यजीत दुबे र निर्देशक रोहितकरण वैद्य छन् । प्राप्त जानकारी अनुसार फिल्मको नाम ‘मायाको माया’ हो । यसको केही प्रतिशत छायांकन ३ वर्षअघि गरिएको थियो । त्यसबेला मुख्य भूमिकामा आनासहित राजेश हमाल र अनुप विक्रम शाही पनि थिए । तर, छायांकन नै पूरा नभइ फिल्म रोकिन पुगेको थियो ।

अब फेरि फिल्मलाई सुरुबाटै खिच्न थालिएको जानकारी प्राप्त छ । र, कलाकारमा आना मात्र दोहोरिएकी छन् । हमाल र शाही फिल्मबाट अलग भएका छन् । पहिला आनाको जोडी अनुप थिए । अब सत्यजीतसँग उनको जोडी बाँधिएको छ । केही दिन वर्कसप गरेपछि आइतबारबाट छायांकन सुरु गरिएको यो फिल्म प्रेमकथामा आधारित रहने शीर्षकबाट प्रष्ट हुन्छ ।

छायांकनका लागि केही दिनअघि नेपाल आएका सत्यजीत चर्चित वेब सिरिज ‘मुम्बई डायरिज’का कारण चिनिन्छन् । भ्यालेनटाइन डेमा उनको नयाँ वेब सिरिज ‘प्यार टेस्टिङ’ जी फाइभमा रिलिज हुँदैछ । उनले अभिनेता सञ्जय दत्तसँग फिल्म ‘प्रस्थानम’मा पनि काम गरेका छन् । उनले सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘अल्वेज कभी कभी’बाट बलिउडमा करिअर सुरु गरेका थिए ।