मिति : २०८१ माघ २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरर फिल्म गर्ने तर भूत नमान्ने दीया

फिल्मीखबर, काठमाडौं, 2025/02/03

Deeya Maskey

 

अभिनेत्री दीया मास्केले पहिलो पटक हरर फिल्ममा अभिनय गरेकी छन् । त्यो फिल्म हो, ‘ममी’ । यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनको चरित्र डरलाग्दो छ भन्ने कुरा ट्रेलरले प्रष्ट पारिसकेको छ । ट्रेलरको एक दृश्यमा उनको अनुहार पूरै ‘ड्यामेज’ देखिन्छ । उनको पात्रले पशुपन्छीको हत्या गरेको दृश्यहरु पनि छन् । यसले फिल्मको भूत नै उनी रहेको छनक दिन्छ ।

तर, दीयालाई भूतप्रति विश्वास नै छैन । न त यसको अनुभव उनीसँग छ । भन्छिन्, ‘म भूत छ भन्ने नै मान्दिनँ । त्यस्तो अनुभव पनि छैन । भूतको कुरा सुन्दा रमाइलो लाग्छ तर अनुभव नगरेकाले भूत हुन्छ भन्ने मान्दिनँ । न त फिल्ममा कलाकारको ‘फेस ड्यामेज’ भएको हेर्दा डर लाग्छ । बरु हरर-थ्रिलर फिल्मको साउन्डले डर लाग्छ । यो जनराका फिल्ममा साउन्ड महत्त्वपूर्ण हुन्छ ।’

फिल्मको ट्रेलर हेर्दा कुकुर र विरालोलाई अशुभको रुपमा चित्रित गर्न खोजिएको देखिन्छ । तर, दीया फिल्मले यी चिजको समर्थन गर्न नखोजेको प्रष्ट पार्छिन् । ‘समाजमा यस्तो पनि भइरहेको छ भनेर देखाउन चाहिँ खोजिएको हो । मलाई के लाग्छ भने फिल्मले ‘जज’ गर्ने होइन । समाजमा भएको चिजलाई देखाइदिने हो । ‘ममी’मा त्यही गरिएको छ,’ उनले भनिन् ।

दीयाले फिल्मका पात्रहरु मानसिक रूपमा विचलित रहेको खुलासा गरेकी छन् । ‘फिल्ममा जति पात्र छन्, सबै ‘साइकोलोजिकली’ एकदमै ‘कम्प्लिकेटेड’ छन्,’ उनी अगाडि भन्छिन्, ‘समाजबाट भएका कुरा र भन्न नसकेको कुराले गर्दा पात्रहरु आफैंमा पीडित छन् । मैले स्क्रिप्टमा पाएको सबैभन्दा ठूलो कुरा यही थियो । दर्शकहरुलाई पनि यो चिज पर्दामा हेर्दा राम्रो लाग्छ भन्ने विश्वास छ ।’