मिति : २०८१ माघ २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जनै हराएको बाहुन’को थिम भिडियोमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/02/03

bijay-manish

 

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को कीर्तिमानी सफलतापछि अभिनेता विजय बराल अब ‘जनै हराएको बाहुन’मा काम गर्ने तयारीमा छन् । यसमा उनको भूमिका कस्तो छ भन्नेबारे जानकारी गराइएको छैन । तर, सोमबार सार्वजनिक थिम संवादले उनी ग्रामीण युवकको भूमिकामा देखिने संकेत गर्छ । आफ्नो सपना पूरा गर्न उनी गाउँ छाड्न बाध्य भएको संवाद भिडियोमा सुन्न सकिन्छ ।

भिडियोमा गाउँका दुई साथीमध्ये एकले गाउँ छाडेर सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद छ । घर छोड्ने बेलामा आमाको अनुहार समेत हेर्न नसकेको कारुणिक संवादले नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने दर्शाउँछ । फिल्मले सपना पूरा गर्न गाउँ छाडेको एक पात्रको कथा भन्ने भिडियोको संवादबाट बुझ्न सकिन्छ ।

उक्त भिडियोमा फिल्मका दुई मुख्य कलाकार विजय बराल र मनिष राउतको स्वर छ । थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले एउटा अफरको समेत घोषणा गरेको छ । थिममा रहेको गीत गाएर टिकटकमा पोस्ट गर्नेमध्ये उत्कृष्ट स्वर हुनेलाई फिल्मको गीत गाउन अवसर दिइने जनाइएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

हिमाल न्यौपानको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मलाई पेपरक्लिपले निर्माण गर्न लागेको हो । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्मको निर्माताहरुमा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । नवीन गुरुङको छायांकन रहने फिल्मको छायांकन आगामी चैत अन्तिमबाट सुरु हुने जनाइएको छ ।