मिति : २०८१ माघ २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुख, ऋतिक र अभिषेकले अस्वीकार गरेको ‘रंग दे बसन्ती’

फिल्मीखबर, काठमाडौं, 2025/02/04

 

बलिउडमा यस्ता केही स्टार छन्, जसले अस्वीकार गरेको फिल्म पछि ब्लकबस्टर बनेका छन् । कहिले डेट्स, कहिले पारिश्रमिक त कहिले स्क्रिप्ट चित्त नबुझ्दा कलाकारले हातमा आएको फिल्म उम्काउँछन् । पछि त्यो फिल्मले इतिहास रचिदिन्छ । सन् २००६ मा प्रदर्शित सुपरस्टार आमिर खान अभिनीत फिल्म ‘रंग दे बसन्ती’ यसको उदाहरण हो । यसमा आमिर पहिलो रोजाइ थिएनन् ।

सुरुमा यो फिल्म अभिनेता शाहरुख खानलाई अफर गरिएको थियो । त्यो समयमा उनी फिल्म ‘पहेली’को छायांकनमा व्यस्त थिए । र, उनले वचन दिएका अरु पनि फिल्म ‘पाइपलाइन’मा थिए । यसैले उनले काम गर्न अस्वीकार गरे । उनलाई अफर गरिएको रोलमा पछि आमिर भित्रिए । र, यो उनको करिअरकै सबैभन्दा सम्झनलायक फिल्म बन्न पुग्यो ।

त्यस्तै, अजय राठौरको भूमिका आर माधवनभन्दा पहिला ऋतिक रोशनलाई अफर गरिएको थियो । तर, उनले काम गर्न मानेनन् । शाहिद कपूरलाई पनि निर्माताले करण सिंघानियाको भूमिका अफर गरेका थिए । उनले विभिन्न कारणले काम गर्न भ्याएनन् । प्रीति जिन्टा र अभिषेक बच्चनले पनि यो फिल्ममा अभिनयको प्रस्ताव अस्वीकार गरेको भारतीय मिडियाले जनाएका छन् ।

चारवटा राष्ट्रिय अवार्ड जितेको फिल्ममा आमिरसहित आर माधवन, सिद्धार्थ, शरमन जोशी, कुणाल कपूर, अतुल कुलकर्णी, सोहा अली खान र वहीदा रहमान मुख्य भूमिकामा थिए । यो फिल्म २००६ मा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो । २८ करोड भारुमा निर्माण भएको फिल्मले भारतमा ७५ करोड कमाएको थियो । यसलाई राकेश ओमप्रकाश मेहराले निर्देशन गरेका थिए ।