मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ताण्डवम्’को ‘ए सानु’ गीतमा जुनिम र सरिनाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/02/04

Sarina, Junim, Anoj Pandey

 

आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा सुशान्त गौतमको शब्द रचना तथा संगीत छ भने इन्द्रकला राईको पार्श्व गायन छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपाल’को सिजन ६ मा सहभागी भएसँगै चर्चामा छिन् । यसअघि उनले गाएको ‘बार्दली’ गीत निकै चर्चित छ ।

रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता जुनिम गहतराज र अभिनेत्री सरिना मगर चित्रित छन् । अभावका बीच पनि उनीहरुको एकअर्काप्रति प्रेम, साथ, समर्पण र आत्मीयतालाई भिडियोमा उतारिएको छ । निर्देशक समेत रहेका जुनिमले यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको बताए ।

क्राइम-थ्रिलर जनरामा आधारित रहेको ‘ताण्डवम्’मा जुनिम र सरिनासहित पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय छ । एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथामा फिल्म आधारित रहेको जनाइएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माताको रुपमा छन् । हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । यसको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।